‘कर्पोरेट क्वीन’ २०१८ ले तपाईलाई दिनेछ यस्तो अवसर



‘कर्पोरेट क्वीन’ २०१८ पोखरामा हुने भएको छ । एएसएपी ईन्टरटेनमेन्ट प्रा.ली.को आयोजनामा यहि मंसिर २२ गते पोखरामा ‘कर्पोरेट क्वीन’ हुन लागेको हो । विभिन्न जनजाती समुदायका युवतीहरुलाई समेटेर उनिहरुलाई शिपमुलक तालिम प्रदान गर्ने पनि आयोजकको लक्ष्य छ ।

‘कर्पोरेट क्वीन’का लागि महिला शशक्तिकरणलाई उजागर गर्दै अन्य विभिन्न सौन्दर्य प्रतियोगिताभन्दा फरक ढङ्गबाट सभागिहरु छनोट गरिने । यसकालागि एक हप्ता बन्द प्रशिक्षण पनि दिईने छ । त्यसमा कर्पोरेट कल्चर र एथिक्सहरुको बारेमा जानकारि दिईनेछ । यस कार्यक्रमलाई खाँसगरी चार भागमा बिभाजित गरिएको आयोजकले जनाएको छ ।

आयोजकका अनुसार यहि नोभेम्वर १६ र १७ तारिखमा काठमाण्डौ स्थित फरेनहाईट क्लव र पोखराका लागि नोभेम्वर १९ र २० मा एएसएपी एजुकेशन अफिस भवनमा अडिसन हुदैछ । यस्तै एएसएपी ईन्टरटेनमेन्टको दोस्रो ‘कर्पोरेट क्वीन’ सस्करण  अस्टे«लियाको सिड्नीमा हुनेछ । नेपालको सस्कार, सस्कृती, भाषा, र भेषभुषालाई विश्वसामु प्रस्तुत गर्ने उद्देश्यले ‘कर्पोरेट क्वीन’को दोस्रो सस्करण बिदेशमा गर्न लागेको आयोजकले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्