टिप्परकै दादागीरी -मोटरसाईकललाई ठक्कर दिदा एकजनाको घटना स्थलमै मृत्यु



दाङमा भएको सवारी दुर्घटनामा परि एक जनाको मृत्युभएको छ ।घोराही–तुलसीपुर सडकखण्डको सर्रामा टिप्परले मोटरसाईकललाई ठक्कर दिदाँ मोटरसाईकलमा सवार एक जनाको मृत्यु भएको हो।

।घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको रा १ क ५८२ नम्बरको टिप्परले सोही दिशातर्फ जाँदै गरेको रा ३ प ८०८२ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकलमा सवार घोराही १६ सानीअम्बापुर निबासी २९ बर्षीय तेजबहादुर खत्रीको घटना स्थलमै मृत्युभएको जिल्ला प्रहरी कार्यलय दाङले जानकारी दिएको छ ।

खत्री मोटरसाईकलमा सवार यात्रु हुन । चालक सानीअम्वापुरकै बसन्त गिरी घाईते भएका छन । गिरीको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार भैरहेको छ । ठक्कर दिने टिप्पर र चालकलाई प्रहरी चौकी सर्राले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्