शिक्षक दरवन्दी अन्यौल’ पेशागत संगठनहरु भन्छन ः‘जिशिकाले पेलेर काम ग¥यो’




गिरिराज नेपाली
दाङ १४ , साउन

जिल्लाको शिक्षक दरवन्दी मिलान आगमी श्रावण २२ गते भित्र जिल्लाका सवै तहको शिक्षक दरवन्दी मिलान गरिसक्नु पर्ने जिल्ला शिक्षा कार्यालय र पेशागत संघ संगठन विचसाउन ९ गते सहमति कायम भएको थियो । हुने भनिएको शिक्षक दरवन्दी मिलान हुन नसक्दा अझै पनि जिल्लाका सामुदायिक विद्यालय अझै शिक्षक विहिन अवस्थामा पढ्नपाठन सुरु गरिरहेका छन ।


जिल्लाको शिक्षक दरवन्दी मिलानका लागि पटक –पटक पेशागत संघ–संगठन र जिल्ला शिक्षा कार्यालय विच दरवन्दी मिलान सहमतिको प्रयास भए पनि दरवन्दी मिलानका लागि पेशागत संघ–संगठनहरु असन्तुष्ट्री जनाएका छन । शिक्षक दरवन्दी मिलानका लागि जिल्लामा करिव एक वर्ष देखी पेशागत संघ–संगठन र जिल्ला शिक्षा कार्यालय विचको प्रयास जारी रहे पनि केही दिन देखी मात्रै जिल्लाको शिक्षक दरवन्दी मिलानका लागि प्रक्रिया सुरु भएको थियो । तर दरन्वदी मिलानका लागिक केही प्रयास थालनी भए पनि प्रयास सुरु हुन नपाउदै रोकिएको छ । शिक्षक दरन्वदी मिलानका लागि जिल्ला शिक्षा कार्यालयले एकलौटी प्रक्रिया अघि वढाउदा पेशागत संगठनहरुले असहमति जनाएका छन ।
प्राथामिक तहमा एक सय ४३ , निम्न माध्यामिक तहका ४ र माध्यामिक तहमा ९ दरवन्दी गरी एक सय ५६ शिक्षक मिलान गरी शिक्षक विषयगत शिक्षक रित्त रहेका सामुदायिक विद्यालयहरुमा शिक्षक पदपुर्ति गरिनु पर्ने छ ।

शिक्षक महासंघ दाङका अध्यक्ष अम्मर वहादुर खड्काले शिक्षक दरवन्दी मिलानका लागि पेशागत संगठन र जिल्ला शिक्षा कार्यालय विच थप गर्नु पर्ने र सरुवा गर्ने पनि विद्यालयहरुको लगत संकलन गरी पुर्ण रुपमा गृहकार्य गरी नामावली सार्वजानिक गरी दरवन्दी मिलान गर्नुपर्ने सहमति भए पनि जिल्ला शिक्षा कार्यालय आफुखुसी गैर न्यायिक प्रक्रिया वाट प्राथामिक तहको दरवन्दी मिलानका लागि नामावली सार्वजानिक गरेको जानकारी दिए । दरवन्दी मिलानका लागि दरवन्दी मिलान कार्यदल समिति गठन आवश्यक छानविन गरी शिक्षा परिषद वाट स्वीकृत गराई स्थाई वा अस्थाई दरवन्दीका लागि घर पाएका पर्ने गरी शिक्षक दरवन्दी मिलान गरिनु पर्ने दुवै पक्ष विच सहमति भएता पनि सहमति वेकर जिल्ला शिक्षा कार्यालय सहमति भएको १ दिन वित्न नपाउदै आफुखुसी नामावली प्रकाशन गरेको आरोप लगाए । उनले भने जुन ‘गैर कानुनी पनि छ । ’ कार्यदल समितिले नामावली संकलन गरी शिक्षा समिति वाट स्वीकृत गराई प्रकाशन गरिनु पर्ने हो ।त्यो नभई जिल्ला शिक्षा अधिकारीले जवरजस्ती काम गरी शिक्षक दरवन्दी मिलानका लागि नामावली सुचना प्रकाशन गरेको वताए । उनले भने कानुनले प्रष्ट्र उल्लेख गरेको छ की , हरेक सामुदायिक विद्यालयहरुमा अनिवार्य १ जना महिला शिक्षिका र कतिपय विद्यालयहरुमा १ जना महिला शिक्षिकाको दरवन्दी पनि ‘कटप’ दरवन्दी मिलानका लागि अन्यत्र नामसारी सुचना प्रकाशन गरिएको छ ।

त्यस्तै नेपाल राष्ट्रिय शिक्षक संगठन दाङका अध्यक्ष भागवत पौडेलले दरवन्दी मिलानका लागि पेशागत संगठन ,जिल्ला शिक्षा र नवनिर्वाचित जनप्रनितिधिहरु विच कयौ छलफल भए पनि जिल्ला शिक्षाले गरिएका सहमतिहरु पालना गर्न नसक्दा दाङको दरवन्दी मिलान अन्यौलमा परेको उनले वताए । भर्खरको सहमति अनुसार दरवन्दी मिलान कार्यदल समितिको सिफारिसमा , शिक्षा समितिको स्वीकृत गरी जिल्लाको प्राथामिक तहको एक सय ४३ दरवन्दी मिलान लाई न्यायिक तरिकाले दरवन्दी मिलान गर्ने र गराउने सहमति भएता पनि जिल्ला शिक्षा कार्यालयले त्यो सहमति लाई बर्खिलाप गरि स्वतः आफ्नै किसिमले दरवन्दी मिलानका लागि जिल्ला शिक्षा अधिकारी अघि सर्दा पेशागत संगठनहरु प्रक्रिया विधिको अडानमा उभिएको उनले वताए ।

जिल्ला शिक्षा कार्यलय दाङले भने शिक्षक दरवन्दीको अभाव मिलान लाई तुरुन्तै पदपुर्ति गरी अध्ययन अध्यापन लाई सहज वनाउन दरवन्दी सुरु गरिएको छ । जिल्ला शिक्षा कार्यालय दाङ निमित्त प्रमुख ए्रव शाखा देवमणि चौधरीले सर्वपक्षिय पेशागत संगठनहरुको विचको साँझा सहमति कायम गरी जिल्लाको दरवन्दी मिलान सुरु गरिए पनि दरवन्दी मिलानका सन्दर्भमा पेशागत संघ–संगठनहरुले सहयोगको आवश्यक रहेको उनले वताए । उनले भने ‘ दरवन्दी मिलानका लागि जिशिकाले वर्र्षाै देखी प्रयास थालनी गरे पनि हाल सम्म सम्पन्न हुन नसकेको स्वीकार गरे । चौधरीले जिशिकाले साझा सहमतिको निचोड लाई दरवन्दी मिलानका नामावली प्रकाशन गरेको दावी गरे । उनले भने अझै पेशागत संघ–संगठनहरु लाई सुचना माथि कतै शंका लाग्छ । भने यस माथि पनि पुर्न विचार गरी लैजान सकिने उनले वताए । तर जिल्ला शिक्षाले सहमतिको आधारमा दरवन्दीको मिलानको काम अघि वढाएकाले अवैधानिक काम गरेको भन्ने कुरा लाई आरोप मात्रै लगाएको उनले टिप्पणी गरे ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्