घोराही—तुलसीपुर सडक खण्डको सर्रा क्षेत्रमा सडक अबरुद्ध



घोराही तुलसीपुर सडक खण्डको सानीअम्बापुरमा टिप्परले मोटरसाईकललाई ठक्कर दिदा एक जनाको घटना स्थलमै मृत्युभएको छ । यस्तै मृतकका आफन्तले अहिले घोराही—तुलसीपुर सडक खण्डको सर्रा क्षेत्रमा सडक अबरुद्ध पारेका छन् । मृतकका आफन्तले सडकमा टायर बाल्नुका साथै सडक अबरोध गरेको जनाइएको छ ।घोराहीबाट सानीअम्बापुर घर तर्फ जादै गरेको रा ३ प ८०८२ नम्बरको मोटरसाईकललाई रा १ क ५८२ नम्बरको टिप्परले पछाडीबाट ठक्कर दिदा घोराही उपमहानगरपालिका १६ सानीअम्बापुर निबासी ४२ बर्षिय तेजबहादुर खत्रीको घटना स्थलमै मृत्युभएको थियो।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्