सामाजिक अपराधको उपज लागु औषध दुव्र्यसनी



सैघाली खबर
दाङ १४ , साउन
लागु औषध दुव्र्यसनी सामाजिक अपराधको एक उपजको विज रहेको एक कार्यक्रमका सहभागीहरुले वताएका छन । नयाँ जीवन पुनःस्थापन केन्द्र दाङले शनिवार घोराहीमा आयोजना गरेको अन्र्तक्रियामा वोल्ने सहभागीहरुले यस्तो धारणा राखेका थिए ।

केन्द्रका अध्यक्ष विक्रम घर्तिको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी गजेन्द्र वहादुर श्रेष्ठको प्रमुख आतिथ्यता एंव घोराही उप–महानगरपालिका प्रमुख नरुलाल चौधरी र जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी भुवनेश्वर तिवारीको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी श्रेष्ठले लागु औषध दुव्र्यसनी सामाजिक अपराधको विज रहेको वताए । अपराधिक गतिविधिको ४० प्रतिशत घटना लागु औष्ध दुव्र्यसनीका कारण हुने भएकाले लागु औषध दुव्र्यसनी लाई न्युनिकरण गरी शान्ती र सभ्य समाज निर्माणका लागि सवै नागरिकहको उत्तिकै जिम्मेवारी रहेको उनले वताए । उनले भने ‘लागु औषध दुव्र्यसनी उन्मुख वा ट्रान्जिट प्वाईन्ट वन्दै गईरहेको दाङ पछिल्लो समय अपराध उन्मुख पनि वन्दै गईरहेको छ ।

कतिपय अपराधिक घटनाहरु दुव्र्यसनी संग जोडिएका छन । कार्यक्रममा घोराही उप–महानगरपालिका मेयर नरुलाल चौधरीले शान्त र सभ्य समाज निर्माणका लागि दुव्र्यसनी लाई न्युनिकरण मात्रै होईन । उन्मुलन गरिनु पर्दछ । जसका लागि नागरिकहरु र प्रसासन विचको दोहोर सम्वन्ध अति आवश्यक रहेको वताए । विकास संगै विकसीत वन्दै गईरहेको लागु औषध दुव्र्यसनी लाई अव उन्मुलनको आवश्यक रहेको उनले वताए ।

त्यस्तै कार्यक्रममा विशिष्ट अतिथि जिल्ला प्रहरी कार्यालय दाङ डिएसपी भुवनेश्वर तिवारीले अपराधका घटनामा अधिकाश दुव्र्यसनी कारण खुल्ने गरेका छन । जसका कारण दुव्र्यसनी संगै अपराध पनि फैलदै छ । जुन सामाजिक अपराधको विकराल समस्या देखा पर्दै गईरहेको छ । कार्यक्रममा घोराही उप–महानगरलिका वडा १७का वडा अध्यक्ष खुुसीराम चौधरी , वडा न. १४ सदस्य गुलाम रसुल र लक्ष्मण वुढाले भनाई राखेका थिए । कार्यक्रमको सहजीकरण पत्रकार गिरिराज नेपालीले गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्