राशिफल

कार्तिक २८ गते बुधबारको राशिफल

By थाहा अनलाइन

November 14, 2018

२०७५ साल कार्तिक २८ गते बुधबार नेपाल सम्बत ११३९ कछलाथ्व,सन् २०१८नोभेम्बर १४ तारिक शुक्लपक्ष सप्तमी तिथि २९ गते विहान ५ वजेर ६ मिनेटसम्म उप्रान्त अष्टमी तिथि,श्रवण नक्षत्र दिन रातभर,गण्डयोग,गरकरण,आनन्दादियोग छत्र,सूर्य तुला राशीमा,चन्द्रमा मकर राशीमा ।

राशी मेषः–अवसरको खोजीमा हुनुहुन्छ भने थोरै मेहनत गर्नुहोला त्यो आज प्राप्त हुनसक्छ । काममा केहि सहजता र सरलता आउने देखिन्छ । । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । सामाजिक काममा अभिरुची बढ्नेछ । घरका समस्या केहि समाधान भएर जानेछन् तर पूर्ण मुक्ति मिल्ने छैन ।

वृषः– समयमा अझै पूर्ण सुधार आउने देखिन्न । असामान्यबाट सामान्य अवस्थाम फर्किनु हुनेछ । मेहनत अनुसारको फल भने मिल्नेछ । मानसिक तनावमा कमि आउनेछ । काम गर्दा हेलचक्रयाई नगर्नु होला विग्रिने छन् । स्वाथ्यको लागि खानपानमा ध्यान दिन होला । व्यापार व्यवसायबाट सोचे जस्तो लाभ लिन सकिने छैन ।

मिथुनः– समय प्रतिकुल देखिन्छ । गरेका काम असफल हुनेछन् । खानपान नमिल्दा स्वास्थ्यमा समस्या आउन सक्छ । पढाई लेखाईमा अवरोध आउनेछ । काम गर्ने जोश जागर घट्नेछ । अशुभ समाचार सुन्नु पर्नेछ । मानसिक तनाव बढ्नेछ । धनमाल चोरी वा हराउन सक्छ सचेत रहनुहोला ।

कर्कटः– समयमा सामान्य सुधार आउनेछ । स्वतन्त्र प्रकृतिका कामबाट लाभान्वित हुनुहुनेछ । आफन्तको सामान्य सहयोग मिल्नेछ । लोभ मोह बढ्नेछ । विना तयारी काममा हात नहाल्नु होला घाटा हुन सक्छ । अलमलमा पर्नु भयो भने धेरै काम पछाडि धकेलिने छन् । यात्राको सम्भावनालाई नकार्न सकिन्न ।

सिंहः– दयामाया गर्ने कोहि हुने छैनन । सवैलाई आफ्नो ठानेर काम नगर्नु होला विश्वास घात गर्ने पनि कम हुने छैनन । मुद्धा मामिलामा जीत हुनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । पराक्रम घट्ने छैन । व्यापार व्यवसायबाट आय आर्जन सन्तोषजनक नै होला । नयाँ कामको बारेमा विचार विमर्श हुनेछ ।

कन्याः– दुविधामा नपर्नु होला । उपलब्धिका काममा भन्दा बाहिरी काममा बढि ध्यान जानेछ । काम गर्दा कहि कतैबाट विरोध आउन सक्छ सतर्क रहनु होला । शारीरिक शिथिलता बढ्नेछ । आर्थिक कारोवार गर्दा सावधानी अप्नाउनु होला । व्यापार व्यवसायबाट उचित फल पाईने छैन । पढाईले टाउको दुखाउनेछ ।

तुलाः– पारिवारिक समस्या बढ्ने छन् । भौतिक सुखमा कमि आउनेछ । आशा निराशामा परिणत हुनेछ । अरुको काम गरेर जश कम पाईने छन् । आफ्ना काम सफल गर्न बढि मेहनतको आवस्यकता पर्नेछ । अरुको भर धेरै नपर्नू होला । विश्वास घात हुनसक्छ । मन विरक्तिनेछ ।

वृश्चिकः– समग्रमा दिन उत्तम देखिन्छ । काम गर्ने जोश जागर बढ्नेछ । कर्म अनुसारको फल राम्रै मिल्नेछ । विगतमा रोकिएका काम अगाडि बढ्ने छन् । आफन्तबाट प्रेरणा मिल्नेछ । आफ्नै बाहुबलमा आर्थिक उन्नति हुनेछ । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । पढाई लेखाईमा अभिरुची बढ्नेछ ।

धनुः– लेनदेन कारोवारमा ध्यान दिनु होला नत्र दिएको धन डुब्न सक्छ । आफन्तले विश्वास घात गर्न सक्छन् । बोलीको अनर्थ लगाउने छन् । विना तयारी लाग्दा काम विग्रिने छन् । आरोप आउन सक्छ सर्तक रहनु होला । ख्याल राख्नुहोला स्वास्थ्यमा समस्या आउन सक्छ । व्यापार खस्किनेछ ।

मकरः– दिन सामान्य अनुकुल देखिन्छ । भ्रममा नपर्नु होला । आतुरमा कुनै काम नगर्नु होला । स्वतन्त्र प्रकृतिका व्यापार व्यवसायबाट आय आर्जन राम्रै हुनेछ । घर परिवारबाट सहयोग सहानुभूति मिल्ला । गलत विचार त्यग्नु होला । मिलेर कुनै काम नगर्नु होला । काममा हेलचक्र्याई नगर्नु होला ।

कुम्भः– समय खराव देखिन्छ । नयाँ क्षेत्रमा लगानी नबढाउनु होला । विचार पु¥याउनु होला व्यापार व्यवसायमा गरेको लगनी डुब्न सक्छ । अरुको भर विश्वास पर्दा अप्ठ्यारोमा परिनेछ । जोखिम पूर्ण यात्रा नगर्नु होला दुर्घटनाको भय देखिन्छ । दिएको धन डुब्न सक्छ आफन्त मान्छे भए पनि नदिदा राम्रो हुनेछ ।

मिनः– ग्रह,गोचर सामान्य अनुकुल देखिन्छ । आकस्मिक आम्दानीको योग देखिन्छ । साना साना कुरामा नअल्झि काम गर्नु होला । गरेका अधिकाँश काम सफल हुने छन् । व्यापार व्यवसायबाट आय बढ्नेछ । घरमा मंगलिक काम हुन सक्ने कुरालाई नकार्न सकिन्न । मित्रहरु भेटिने छन् । सहयोग पाईनेछ ।