दलित नेता स्वर्गिय नेपालीका दोस्रो स्मृति दिवस मनाईदै



सैघाली खबर
दाङ १४ , साउन
दलित नेता स्वर्गिय दिनेश नेपाली भोली आईतवार घोराहीमा दोस्रो स्मृति दिवस मनाउन लागिएको छ ।

२०७२ साल साउन १५ गते सवारी दुर्घटनामा परी मृत्यु भएका नेपालको स्मृतिमा आईतवार नेपाली काँग्रेस दाङको पार्टी कार्यालय घोराहीमा विहान ११ वजे कार्यक्रम तय गरिएको दलित संघ दाङ क्षेत्र न. ३ एक विज्ञप्ती जारी गर्दै जानकारी दिएको हो । दलित संघका क्षेत्र न. ३ का सभापति शरद विक ‘समिप’ द्वारा हस्ताक्षर जारी विज्ञप्तीमा उपस्थितीका लागि सवैमा अनुरोध गरिएको छ । त्यस्तै दलित संघ दाङका अगुवा नेता प्रकाश नेपालीले स्वर्गिय नेता नेपालीले दलित समुदायको अधिकार स्थापितका लागि अमुलय योगदान पु¥याएको भन्दै दोस्रो स्मृति सभामा उपस्थितिका लागि अनुरोध गरेका छन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्