आज विश्व मधुमेह दिवस



आज विश्व मधुमेह दिवस, नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइदैछ।  मधुमेह रोग लाग्नुको कारणबारे सर्वसाधारणलाई जानकारी दिने उद्देश्यका साथ काठमाडौंलगायत देशका मुख्यमुख्य सहरहरुमा विश्व मधुमेह दिवसको अवसर पारेर जनचेतनामूलक कार्यक्रम संचालन गरिएको छ।

यसै अवसर पारेर लायन्स क्लव इन्टरनेशनलले काठमाडौंको विभिन्न स्थानमा बुधबार बिहान प्रभातफेरी निकालेको छ। यस रोग लाग्न नदिन शारिरिक व्यायाममा विशेष जोड दिन आह्वान गर्दै लायन्सले प्रभातफेरी कार्यक्रम आयोजना गरेको हो।

यो रोग लाग्न नदिन सचेत रहन अपिल गर्दै प्रभातफेरी कार्यक्रम संचालन गरिएको लायन्स राकेश चक्रधरले जानकारी दिए। नेपालमा उपयुक्त खानपान र शारिरीक व्यायामको अभावमा मधुमेह रोग बढने गरेको विभिन्न विभिन्न अध्ययनले देखाएको छ।

चिकित्सकहरुले मधुमेह रोगबाट बच्न शारिरिक रुपमा तन्दुरुस्त रहन आग्रह गर्दै आएका छन्। उनीहरुले यो रोगबाट बच्नका लागि सन्तुलित भोजन र दैनिक ३० मिनेट शारिरीक व्यायाम गर्न सचेत गराएका छन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्