‘चेतना फैलाउदै पुर्व दुव्र्यसनी प्रयोगकर्ताहरु ’



गिरिराज नेपाली
दाङ १५ , साउन 

घोराही उप–महानगरपालिका १८ का विक्रम घर्ति अध्ययनको शिलशिलामा १५ वर्षको उमेर उनी घोराही झरे । अध्ययन संगै उनको धेरै साथीभाई संगको सम्वन्ध अघि वढ्यो । उनी विस्तार साथी भाईको लहलहीमा कुलतमा लतमा फसे । उनीले लगातार २५ वर्षको उमेर सम्ममा लागु औषध दुव्र्यसनीको शिकार वन्न पुगे । तर अहिले घर्तिले २०७३ साल देखीको कुलतको वाटो छोडी ् अहिले दुव्र्यसनी न्युनिकरणको अभियानमा जुटेका छन ।


दुव्र्यसनी प्रयोगका कारण आफु र आफ्नो परिवार गुमाउनु परेको सामाजिक प्रतिष्ठा र सामाजिक तिरष्कार लाई उनी विस्तार वुझ्दै जान थाले पछि उनी कुलतको वाटो छोडी दुव्र्यसनी न्युनिकरणको अभियानमा सक्रिय वन्दै गईरहेका छन । उनले भने –‘ आफु जस्ते प्रयोगकर्ताहरुको समुह खोली अहिले हामी सामाजिक सचेतनाको फैलाउन सुरु गरेका छौ । ’ जसका कारण हाम्रा बाबु–आमाले दुव्र्यसनीका कारण खेप्नु परेको पिडा र अन्याय अरुका परिवारले खेप्न नपरोस् भनि , लागु औषध दुव्र्यसनीले आफु र आफ्नो परिवार मात्रै होईन । आफ्नो समुदाय लाई पनि ठुलो असर निम््त्याउन सक्ने भएकाले ‘ दुव्र्यसनीमा फसेका युवा–युवती किशोर–किशोरीहरु लाई नयाँ जीवन प्रदान गर्नका लागि ‘ नयाँ जीवन पुनःस्थापना केन्द्र नामक समुह मार्फत सामाजिक सचेतनाको अभियानमा जुटेको उनले वताए ।

उनले भने ‘ पहिला म जुन वाटो , नसाको खोजीमा हिड्दै अहिले देखी वाटोमा ओहोर –दोहोर गर्दै कुलतमा फसेका युवाहरु लाई लागु औषध दुव्र्यसनी प्रयोग गर्नु पनि हुदैन ÷ गराउनु पनि हुदैन भन्ने सन्देश वोकी लागु औषध दुव्र्यसनी न्युनिकरणको लागि सचेतनाको फैलाउदै हिडेको छु । लागु औषधका कारण प्रयोगकर्ता मात्रै होईन , पुरै टोल वा समुदाय लाई ठुलो अमुर्त असर देखा पर्ने जव आफुमा चेतनाको विकास भयो । त्यो दिन देखी नै कुलतको वाटो छोडी दुव्र्यसनी न्युनिकरणको वाटो हिडेकोछौ । ‘ आफुजस्तै साथी भाई हरु जम्मा भई अहिले सामाजिक अभियन्ताका रुपमा उदाउदै जान थालेका छौ ।

लागु औषध दुव्र्यसनीका शिकार परेका व्यक्तिहरु लाई समुदायले सकारात्मक दृष्ट्रिकोण र सामाजिक न्याय दिलाउन नसक्दा दुव्र्यसनी कर्ताहरु चाहेर पनि सकारात्मक वाटोमा अझै आउन नसकेको उनले वताए । पारिवारिक हेलच्याक्राई , पारिवारिक विखण्डन , साथी संगतको लहलहीमा अहिले युवायुवतीहरु दुव्र्यसनीको शिकार वन्न पुगको उनी वताउछन । उनले भने – अहिले केन्द्रमा १९ जना लागु औषध प्रयोगकर्ताहरु लाई राखी परामर्श विधि वाट सकारात्मक वाटो पहिल्याउने कार्यमा हामी क्रियाशिल छौ । त्यति मात्रै होईन गाँउ–गाँउ र टोलमा पनि लागु औषध दुव्र्यसनी लाई हटाउन दिनहु आन्तरिक भेटघाटमा समेत व्यस्त रहेको उनले वताए ।

त्यस्तै घोराही उप–महानगरपालिका १५ का ३२ वर्षिय विजय गिरी पनि अहिले त्यहि अभियानमा सक्रिय छन । २० वर्षको उमेर देखी लागु औषध दुव्र्यसनीको शिकारमा परेका गिरी करिव ११ वर्ष लागु औषध दुव्र्यसनीको शिकार वन्न पुगे । तर जव उनलाई यो गलत हो भन्ने सोचको विकास भयो । त्यो दिन देखी २०७२ साल देखी लागु औषध दुव्र्यसनी विरुद्धको सामाजिक अभियानमा जुटेको उनी वताउछन । आफु जस्तै दुव्र्यसनीमा फसेका युवाहरु लाई नयाँ जीवनदिने लक्ष्यका साथ कुलतको वाटो लाई त्यागी अभियानको वाटो रोजेको उनले वताए । उनले भने ‘ जव आफुमा दुव्र्यसनी अपराधको उपजको विउ हो । भन्ने सोचको विकास भयो । त्यो दिन देखी नै आफुले दुव्र्यसनी लाई छोडी यो अभियानको वाटोमा हिडेको उनले वताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्