गाडिबाट हाम फालेर थुनुवा फरार



गाडिबाट हाम फालेर एकजना थुनुवा फरार भएका छन् । तुलसीपुर उपमहानगरपालिका ५ रानीजरुवाका १९ वर्षीय बिष्णु बुढाथोकी सार्वजनिक नैतिकता विरुद्धको अपराधमा जिल्ला प्रशासन कार्यालयबाट म्याद थपेर ल्याउँदै गर्दा गाडीबाट हाम फालेर फरार भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी प्रेम शाहीले जानकारी दिनुभयो ।
थुनुवा भगाउन सहयोग गरेको अभियोगमा प्रहरीले प्रहरी जवान शेरबहादुर बुढाथोकी र चोरी मुद्दाका आरोपी बसन्त बस्नेतलाई सामाजिक न्याय विरुद्धको कसुर ऐन अन्तरगत मुद्दा चलाएको छ ।
दाङ देउखुरी जिल्ला अदालतले प्रहरी जवान बुढाथोकीलाई ५ दिन हिरासतमा राखी अनुसन्धान गर्न अनुमती दिएको छ ।
थुनुवा भगाउन सहयोग गरेको अभियोगमा चोरी मुद्दा खेपीरहेका बसन्त केसीलाई पनि प्रहरी सामाजिक न्याय विरुद्धको कसुर ऐन अन्तरगत मुद्दा चलाएको छ डीएसपी शाहीले बताए ।
उनलाई अदालत लैजान र अदालतवाट फर्काउन ११ जना सुरक्षाकर्मि परिचालित थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्