प्रहरीले लियो एक्सन



 

दाङ । दाङमा एक बालिका अपहरणको प्रयास प्रहरीले विफल तुल्याएको छ।तुलसीपुर उपमहानगरपालिका वडा नं ५ रानीजरुवा निवासी ८ वर्षीया बालिका अपहरणमा परेको खबर पाएलगत्तै प्रहरीले सक्रिय भूमिका निर्वाह गर्दा बालिका छोडेर अपहरणकारी भागेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी प्रेम शाहीले जानकारी दिए ।
मंगलबार बेलुका सवा ७ बजेतिर एकजना अपरिचित व्यक्तिले घर अगाडिबाट ८ वर्षीया बालिका हेलिनालाई समातेर दौडिएलगत्तै घर परिवारले ईप्रका तुलसीपुरमा खबर गरेपछि प्रहरी तत्काल बालिकाको उद्धारको लागि घेरा हालेर परिचालन भएको शाहीले बताए ।

‘हेलिनाका बाबु कृष्णबहादुर पुन मगरले छोरीलाई एकजना अपरिचित व्यक्तिले उठाएर लगेर दौडियो भन्ने खबर गरेलगत्तै मलगायत त्यहाँ स्ट्याण्डमा रहेका सबै प्रहरी दुई तर्फबाट घेरा हालेर दौडियौं,’– शाहीले भने ‘दुई तर्फबाट प्रहरीको गाडीको साइरन सुनेपछि अपहरणकारीले झुलुंगेपुल नजिकै बालिकालाई छोडेर भाग्यो र हामीले बालिकाको उद्धार गर्न सफल भयौं।’

अपहरणकारीको कब्जाबाट उम्किएकी हेलिनाले अभिभावक र प्रहरी समक्ष उक्त व्यक्तिले ‘तलाई जानेको थिएँ, तर प्रहरीको गाडी आयो त बाँचिस्’ भनेर छोडेर भागेको बताइन् ।

हेलिनालाई अपहरण गर्ने व्यक्ति को थियो र त्यस पछाडिको कारण के हुन सक्छ रु भन्ने सवालमा प्रहरीले अनुसन्धान सुरू गरेको डिएसपी शाहीले बताए। ‘सचेत अभिभावकले १०० मा फोन गरेर समयमै सूचना प्रहरीलाई दिएको हुँदा प्रहरीले तत्काल एक्सन लिन संभव भएको हो,’ शाहीले भने ‘ समाजवाबाट यसैगरी सूचना प्राप्त भएमामात्रै अपराध नियन्त्रण गर्न संभव छ उनले भने ।

लामो समय लागू औषध र अपराध महाशाखामा कार्यरत डिएसपि शाहि कार्तिक २५ गते मात्रै ईलाका प्रहरी कार्यालय तुलसिपुरको जिम्मेवार सम्हाल्न तुलसिपुर आएका हुन ।डिएस।पि शाहि लामो समय लागू औषध केन्द्रीय अनुसन्धान ब्युरोमा कार्यरत रहि अनुसन्धानका क्षेत्रमा बिज्ञ अधिकारीको रुपमा नेपाल प्रहरी भित्र आफ्नो छवि स्थापित गराएका छन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्