“वान्स मोर सन्ध्या ” मुसुक्क हाँस्दैभन्छिन्, सबै तपाईहरुकै माया हो ।



गायीका तथा मोडल सन्ध्या परियार जुन स्टेजमा परफरमेन्स गर्छिन अनि उनको परफरमेन्स सकिएपछि दर्शक दीर्घाबाट सामुहिक आवाज आउँछ “वान्स मोर सन्ध्या ” ।
भर्खरै दाङमा सम्पन्न दिपावली धमाका साँगितिक कन्सर्टमा प्रस्तुति दिन आएकि सन्ध्या कार्यक्रमको केन्द्रविन्दुमआ थिइन ।
जब उनको प्रस्तुति सुरुभभयो , तब दर्शक दीर्घामा एक प्रकारको हलचल पैदाभयो, रोमाञ्चकताले ठाऊँ लियोअनि दर्शकहरुको

मुटुको धड्कनमा एक्कासी उतारचढाव आउन थाल्यो कारण थियो सन्ध्याको प्रस्तुति ।

“सन्ध्याको प्रस्तुति हेर्नकै लागि आएको हुँ” पत्रकार अंकित डिसीले प्रतिकृया दिनुभयो ।

दिपावलीको शार्थकता तब सिद्ध भयो, कार्यक्रमको उद्धेस्य तब पुरा भयो जब संन्ध्याको प्रस्तुति रह्यो आयोजक संस्थाको संयोजक द्रोण आचार्यको प्रतिकृया थियो ।
सदाबहार मुस्कान, सुडौल नाकनक्स, चट्ट मिलेको चेहराले भविस्यको स्टेज क्विनको झल्को दिन्थ्यो संन्ध्याको ।

स्टेजमा अध्यधिक रुचाईएकि सन्ध्याको कला यात्रा बिद्यालय जीवनबाटै सुरुभएको हो ।
संगित साधना मा लिप्त सन्ध्या मोडलिङ्गमा समेत रुचि राख्छिन ।

दाङ आए लगत्तै पुनः दर्शकहरुकै माग अनुसार कपुरकोट गाँउपालिका वडा नं ६ छाँयाँनाथमा लाग्ने महोत्सवमा पनि सरीक हुने आयोजकले जनाएको छ ।
दर्शकको मन त जित्नुभयो नी भन्दा मुसुक्क हाँस्दै सन्ध्या भन्छिन्, यो सबै दर्शक तथा श्रोताहरुकै मायाले हो ।

सानै देखि गायन तथा मोड्लिङ क्षेत्रमा रुचि राख्ने सन्ध्या अहिले मिठो स्वरकि धनिका रुपमा तथा बिभिन्न साँस्कृतिक कार्यक्रममा निकै चर्चामा रहेकि छिन ।
स्कुले जिवनबाट गायन तथा मोड्लिङ यात्रा सुरु गरेकि सन्ध्या अहिले बिभिन्न मेला महोत्सवहरुमा उतिकै ब्यस्त रहने गरेकि छिन ।उनलाई बिभिन्न कार्यक्रम तथा गित संगित क्षेत्रमा घरपरीवारको पनि उक्तिकै साथ र सहयोग मिलिरहेको छ । एस एलसि उतिर्ण गरेकि सन्ध्याले अहिले भने आफ्नो अध्यनलाई एतिकैमा पुर्ण्बिराम लगाइन ।
कास्कि जिल्लालाई जन्मथलो बनाउदै कर्मथलोको रुपमा अहिले काड्माण्डौमा संघर्ष गर्दै आएकि छिन ।

२०५४ माघ ९ गते काँस्कि पोल्याङ रुपा गाँउपालिका वडा नं २ भन्ने ठाँउमा बुवा सुक बहादुर परीयार र मन कुमारी परीयारको कान्छि सन्तानको रुपमा जन्मिएकि सन्ध्या अहिले हाल काठ्मान्डौमा बस्दै आएकि छिन । गायन तथा मोड्लिङको दुनियामा निकै चर्चाको पुग्न सफल नव गायिका तथा मोडल परयिार मध्यम बर्गिय परिवारमा जन्मिएकि उनले गाएको पहिलो गित धुन धुदा पञ्चे बाजा बाट आफ्नो कलाकारतिा सुरु गरेकी उनले अहिले लगातार आफ्ना गितहरु जस्तै उकालिको ढल्केबर आउदा जादा भारी बिसाउने , किन ढाट्नु पथ्र्यो र मायालाई लगाएत र मोड्लिङ गरेको गित जस्तै पिरतिको बाटो लगाएत थुप्रै गितहरु चर्चामा रहेका छन ।

यस लगतै सन्ध्याले आफुले गायको पाउछौ सित्तैमा भन्ने गित पनि छिटै बजारमा लिएर आउने पनि उनले प्रदेश संचार अनलाईनलाई बताईन ।

“वान्स मोर सन्ध्या ” मुसुक्क हाँस्दैभन्छिन्, सबै तपाईहरुकै माया हो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्