एक छाक मासुको लागि दर्जनौको हत्या



देशमा हिंसात्मक घटनाहरुमा व्यापक वृद्धि आइरहेको त सबैलाई बिदितै छ। बलत्कार, हत्या लगायतका घटना दिनानुदिन बढिरहेका छन्। टिप्पर आतंकका कारण पनि जनतामा त्रास फैलिरहेको अवस्था छ। सरकारले शान्तिपुर्ण वातावरण कायम गर्न नसकेको आरोप सरकार र गृहमन्त्रीलाई लागिरहेको छ।

देशमा यस्तो अस्थिरता भैरहदा झनै कहालीलाग्दो खबर हामीलाई प्राप्त भएको छ। हामीलाई जुन खबर प्राप्त भएको छ त्यो जोकोहिले पनि विश्वास गर्न सक्दैन। सुरुमा त हामी आफैले पनि गरेका थिएनौ। तर जब घटनाको श्रब्यदृष्य देख्यौ, तब विश्वास गर्नै पर्ने बाध्यता आयो।

हो, हामीलाई प्राप्त खबर अनुसार अहिले देशमा मात्र एक छाक मासु भातको निम्ति दर्जनौको हत्या गर्ने गिरोह बनमारा झै झाङ्गिएको छ। घरघरमा, कक्षाकोठामा, चोकमा, चियापसलमा जता पनि उक्त गिरोहका मान्छेहरु देखिन थालेका छन्। केवल एक छाक मासुभातको लागि उनीहरु सक्दो मान्छेको हत्या गर्न पछि परेका छैनन्। कहिले १-२ जनाको मात्र हत्या गरेर खाने गरेपनी कहिले २०-२५ जना कै हत्या गर्ने गरेको तथ्य अनुसन्धानबाट खुलेको छ।

नेपाल प्रहरीका एक उच्च अधिकारीका अनुसार उक्त गिरोहका सदस्यहरु ज्यादा समय ४ जनाको समुहमा हुन्छन् भने राती र दिउँसो साथी नभएको बेला एक्लै वा अपरिचित सङ्ग मिलेर एक छाक मासुको लागि हत्या जस्तो क्रुर अपराध गरिरहेका हुन्छन्।

सो गिरोहका कारण मान्छेले मासु किन्ने र पकाउनै छोडेको भन्दै अखिल नेपाल कसाई संघले हिजोमात्रै सरकारालाई ज्ञापनपत्रसमेत बुझाइसकेको छ। उक्त गिरोह Unstoppable भएको निर्क्योल निकाल्दै सरकारले यथासिघ्र ठोस नतिजा निकाल्न गृहमन्त्रीलाई निर्देशन दिइसकेको छ।

ती हत्याराहरु कहाँ हुन्छन् भन्ने बारेमा पनि हामीलाई खबर प्राप्त भएको छ। pubg नामक खेलको Asia server मा कहिले miramar तिर त कहिले erangel तिर उनीहरु भौतारिरहेका हुन्छम्। mobile वा emulator जडित हत्याराहरु अहिले sanhok को व्यग्र प्रतिक्षामा छन् भने pc वा अन्य console वालाहरुले  भने यसअघि नै sanhok मा धेरैपटक मासुभात हानिसकेका छन्।

#source-garapare

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्