सर्वसहमतीमा ल्याउने दाङ उद्योग बाणिज्य संघको प्रयास



सैघाली खबर
दाङ,साउन १५

 

दाङ जिल्ला उद्योग बाणिज्य संघले संघमा नयाँ नेतृत्व चयनका लागि सर्वसहमत बनाउन कोशिस गर्ने भएको छ । संघका अध्यक्ष हेमराज बन्जाडेको अध्यक्षतामा शनिबार बसेको बैठकले साउन ३१ गते निर्वाचन गर्ने र नयाँ नेतृत्वलाई सर्बसहमत बनाउन कोशिस गर्ने निर्णय गरेको हो ।
सर्वसहमत नेतृत्व बनाउनका लागि संघका निबर्तमान अध्यक्ष मधुसुदन बैद्य संयोजक र पूर्व अध्यक्षहरु सदस्य रहेको एक समिति गठन भएको छ । संघको नयाँ नेतृत्वमा आउनका लागि बर्तमान उपाध्यक्षहरु खड्ग बुढाथोकी, नारायण भुसाल, महासचिब दिपक सुबेदी, कोषाध्यक्ष मन्जु बज्राचार्य र पूर्ब उपाध्यक्ष जीतबहादुर केसी आकाक्षि देखिएका छन् ।
बैठकले यही साउन २८ गते साधारणसभा र अधिबेशन उद्घाटन गर्ने र साउन ३१ गते निर्वाचन गर्ने निर्णय गरेको छ ।निर्बाचनका लागि संघले कानुन व्यवसायीहरु रेवतिरमण भट्टराई, भुपबहादुर केसी र अच्युत न्यौपानेलाई निर्वाचन समितिमा राखेको छ । यसैविच चाडपर्वलाई मध्यनजर गर्दै यही साउन २१ गते देखी कार्तिक मसान्त सम्म शनिबार पनि पसल खुल्ला गर्ने संघले निर्णय गरेको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्