मुख्य समाचार

सर्वसहमतीमा ल्याउने दाङ उद्योग बाणिज्य संघको प्रयास

By थाहा अनलाइन

July 30, 2017

सैघाली खबर दाङ,साउन १५

 

दाङ जिल्ला उद्योग बाणिज्य संघले संघमा नयाँ नेतृत्व चयनका लागि सर्वसहमत बनाउन कोशिस गर्ने भएको छ । संघका अध्यक्ष हेमराज बन्जाडेको अध्यक्षतामा शनिबार बसेको बैठकले साउन ३१ गते निर्वाचन गर्ने र नयाँ नेतृत्वलाई सर्बसहमत बनाउन कोशिस गर्ने निर्णय गरेको हो । सर्वसहमत नेतृत्व बनाउनका लागि संघका निबर्तमान अध्यक्ष मधुसुदन बैद्य संयोजक र पूर्व अध्यक्षहरु सदस्य रहेको एक समिति गठन भएको छ । संघको नयाँ नेतृत्वमा आउनका लागि बर्तमान उपाध्यक्षहरु खड्ग बुढाथोकी, नारायण भुसाल, महासचिब दिपक सुबेदी, कोषाध्यक्ष मन्जु बज्राचार्य र पूर्ब उपाध्यक्ष जीतबहादुर केसी आकाक्षि देखिएका छन् । बैठकले यही साउन २८ गते साधारणसभा र अधिबेशन उद्घाटन गर्ने र साउन ३१ गते निर्वाचन गर्ने निर्णय गरेको छ ।निर्बाचनका लागि संघले कानुन व्यवसायीहरु रेवतिरमण भट्टराई, भुपबहादुर केसी र अच्युत न्यौपानेलाई निर्वाचन समितिमा राखेको छ । यसैविच चाडपर्वलाई मध्यनजर गर्दै यही साउन २१ गते देखी कार्तिक मसान्त सम्म शनिबार पनि पसल खुल्ला गर्ने संघले निर्णय गरेको छ ।