गोप्य तस्बिर बाहिरिएपछि प्रहरी गुहार्दै अक्सरा



बलिउड तथा हलिउडमा कलाकारका गोप्य तस्बिर बाहिरिदा, त्यसलै ठूलै विवाद निम्त्याउँछ । कलाकारका गोप्य तस्बिर सार्वजनिक गरेर उनीहरुलाई बदनाम गराउन गिरोह नै सक्रिय भएको पनि पाइन्छ ।

यही क्रममा, बलिउडकी एक नायिकाको गोप्य तस्बिर बाहिरिएपछि उनी तनावमा परेकी छिन् । साउथका सुपरस्टार कमल हसनकी छोरी अक्सरा हसनको गोप्य तस्बिर इन्टरनेटमा केही दिन अगाडि भाइरल भयो ।

बलिउडमा चलचित्र ‘समिताभ’बाट प्रवेश गरेकी अक्सराको यो तस्बिरले सामाजिक संजालमा आगो नै लगायो । तस्बिरमा विशेषगरि, अक्सराले लिएका हट सेल्फीहरु छन् । जुन तस्बिर कसरी र कसले बाहिर ल्यायो भन्ने उनलाई समेत पत्तो छैन ।

तर, अक्सरा अहिले प्रहरीकोमा पुगेकी छिन् । फोटो बाहिर ल्याउने अज्ञात व्यक्तिविरुद्ध उनले एफआइआर समेत दर्ता गरेकी छिन् । प्रहरीले अक्सराको तस्बिर कसरी र कसले बाहिर ल्यायो भन्ने खोजी गरिरहेको बताएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्