छोरा सहित आमा तीन दिनदेखि बेपत्ता



दाङ । दाङमा तीन वर्षीय छोरासहित आमा चार दिनदेखि बेपत्ता छन्।तुलसीपुर उपमहानगरपालिका वडा नं ६ बरुवागाँउ निवासी २१ वर्षीया पवित्रा श्रेष्ठ र उनका ३ वर्षीय छोरा प्रशान्त चार दिनदेखि बेपत्ता रहेको प्रहरीले जानकारी दिएको छ।तिहारमा माइती गएका उनीहरू घर फर्कने क्रममा बेपत्ता भएको हुँदा खोजी गरिदिन आग्रह गर्दै परिवारले प्रहरीमा निवदेन दिएका छन्।

कपिलवस्तु जिल्लाको बट्कनपुर गाउँपालिका वडा नं ९ मा रहेके माइती घरबाट तुलसीपुरस्थित घर आउने क्रममा बीच बाटोबाटै आमा छोरा बेपत्ता भएपछि पवित्राका पति २६ वर्षीय प्रदीप श्रेष्ठले प्रहरीमा निवदेन दिएका हुन्।प्रदीपका अनुसार आमा छोरा तिहार मान्न भनि कपिलवस्तुस्थित माइती घर गएका थिए। कात्तिक २५ गते माइतीबाट हिँडेका उनीहरू दाङको भालुवाङसम्म आउँदासम्म सम्पर्कमा रहेको र त्यसपछि सम्पर्कविहीन बनेको प्रदीपले निवदेनमा उल्लेख गरेका छन्। ‘२५ गते बेलुकीपख भालुवाङमा गाडी बिग्रिएको हुँदा ढिलाइ भइरहेको छ भन्ने फोनमा कुरा भएको थियो, त्यसपछि उनीहरूको अत्तोपत्तो छैन, प्रदीपले भने।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्