मुख्य समाचार

एमाले स्थायी समितिको बैठक जारी, माओवादी केन्द्रको पनि बस्दै

By थाहा अनलाइन

July 30, 2017

सैघाली खबर साउन, १५

 

एमाले स्थायी समितिको बैठक अहिले बसिरहेको छ । अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको बालकोटमा केही बेर अघि शुरु भएको बैठकमा तेस्रो चरणको निर्वाचनको तयारीसँगै संविधान संशोधनलगायतको विषयमा पनि छलफल हुने बताइएको छ । यस्तै, माओवादी केन्द्रको बैठक पनि आज बस्दैछ । पार्टी कार्यालयको बैठक दिउँसो २ बजेका लागि बोलाइएको छ । आन्तरिक सुदृढिकरण, प्रदेशहरुमा गरिने प्रशिक्षणलगायतको तालिका बनाउनका लागि बैठक बस्न लागेको प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो ।