दाङमा एक युवा द्धारा झुन्डीएर आत्म हत्या



दाङमा एक युवाले झुन्डीएर आत्महत्या गरेका छन । घोराही उपमहानगरपालीका वडा नम्बर ८ बनगाउका रामबहादुर चौधरीका छोरा १६ बर्षीय बिनोद चौधरीले आत्म हत्या गरेको इलाका प्रहरी कार्यलय नारायणपुरका सई भिम बहादुर सुनारले जानकारी दिए।

गाउमा धान झाट्न गएका चौधरी राती करीब ८ बजेतिर घरमा आएको त्यस पछि कत्ति बेला बाहिर निस्केर आत्म हत्या गरे थाहा नभएको चौधरीका बुवा राम बहादुरको कुरालाई उद्धीत गदै सइ भिम बहादुरले भने,मृतक चौधरी घर देखी २०० मिटिर टाढा जमुनाको रुखमा झुन्डीएको अबस्थामा फेला परेका थिए। जिल्ला प्रहरी कार्यलयको अपराध अनुसन्धान टोली घटनास्थलमा पुगेपछि चौधरीलाई पोष्टमार्टमका लागी राप्ति उपक्षेत्रिय अस्पतालमा ल्याइने प्रहरीले जनाएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्