दुवै नभए संघिय चुनाव मात्रै भए पनि गराउनुपर्ने पक्षमा एमाले



सैघाली खबर
साउन १५


प्रमुख प्रतिपक्षि दल नेकपा एमाले, माघ ७ गते भित्र संघ र प्रदेश दुवै तहको चुनाव गराउन संभव नभए संघिय चुनाव मात्रै भएपनि गराउनुपर्ने पक्षमा उभिएको छ । सहजताका लागि सरकारले संघ र प्रदेशको चुनाव एकै दिन गर्नुपर्ने बताईंरहदा एमालेले भने एकै दिन गर्न नमिल्ने बताएको थियो । तर निर्वाचन आयोगसंँगको छलफलपछि एकैदिन गर्न पनि सकिने पक्षमा गएको एमालेले यदि दुवै चुनाव एकै समयमा संभव नभए माघ अघि संघिय चुनाव भने अनिवार्य गर्नुपर्ने धारणा राखेको हो । सीआईएनसँंग कुरा गर्दै एमाले संसदिय दलका उपनेता सुवास चन्द्र नेम्वाङले संविधान कार्यान्वयनको लागि प्रदेशभन्दा संघिय चुनाव महत्वपूर्ण रहेकाले संभव भए दुवै नत्र संघिय चुनावलाई प्रथामिकता दिनुपर्ने बताउनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्