विवाहका कारण लामो समयदेखि चर्चामा रहँदै आएका बलिउडका चर्चित जोडी रणवीर सिंह र दीपिका पादुकोणले नोभेम्बर १४ मा विवाह गरेका छन् । इटलीको लेक कोमोस्थित भिला डेल बालबीएनलोमा उनीहरुको विवाह सम्पन्न भएको छ ।
दीपिका रणवीरको विवाह पश्चिम भारतीय पारम्पारिक कोंकणी रितिरिवाजमा सम्पन्न भएको हो । यस विवाहमा सात फेरा नभई चारवटा फेरा मात्रै लिएर विवाह गरिन्छ । कोंकणी रितिरिवाज पश्चात् आज (नोभेम्बर १५) मा दीपिका रणवीरले सिन्धी रितिरिवाजमा फेरि गरेका छन् ।।
दीपिका रणवीरको विवाहको एउटा पनि आधिकारीक तस्बिर सार्वजनिक गरिएको छैन । सामाजिक संजालहरुमा विवाहका भइरहेको स्थान लेक कोमोको भिला डेल बालबीएनलोका केही तस्बिरहरु सार्वजनिक भएका छन् । जुन तस्बिरहरु यतिबेला भाइरल भइरहेका छन् ।
लेक कोमो दीपिकाको निकै मनपर्ने ठाउँ हो । यही कारण उनले स्वीजरल्याण्ड जस्तो सुन्दर देशको अफर पनि अस्विकार गरिदिएकी थिइन् । स्वीजरल्याण्डलेसमेत रणवीर दीपिकालाई आफ्नो देशमा आएर विवाह गर्न अफर दिएको थियो ।
दीपिका रणवीरको विवाहका लागि यो भिला ५ दिनका लागि बुक गरिएको छ । जसलाई लिलि र गुलाबका फूलहरुले निकै सुन्दर तरिकाले सजाइएको छ । भिलाको सजावट र सुरक्षको लागि लाखौं रुपैयाँ खर्च गरिएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।