तेस्रो चरणको निर्वाचनमा पार्टीलाई पहिलो बनाउने गरी प्रचारप्रसार गर्ने कांग्रेसको निर्णय



सैघाली खबर
सर्लाही साउन ,१५


नेपाली कांगे्रसले तेस्रो चरणको निर्वाचनमा पार्टीलाई पहिलो बनाउने गरि प्रचार प्रसारलाई तीव्र पार्ने निर्णय गरेको छ । जनकपुरमा भएको २ नम्वर प्रदेश स्तरीय भेलाले असोज २ मा हुन लागेको तेस्रो चरणको चुनावका लागि गाउँ स्तरसम्मै व्यापक प्रचारप्रसार गर्ने निर्णय गरेको नेताहरुले बताएका छन् । तेस्रो चरणको निर्वाचनमा अत्याधिक मतका साथ पार्टीलाई पहिलो बनाउन प्रत्येक स्थानीय तहमा प्रचार प्रसार समिति गठन गरेर पार्टीको घोषणा पत्र, उम्मेद्वारको प्रतिवद्धता र एजेण्डाका बारेमा प्रचार प्रसार गर्ने निर्णय भएको भेलामा सहभागी नेपाली कांगे्रस सर्लाहीका जिल्ला सभापति नागेन्द्र रायले जानकारी दिनुभयो । चुनावको प्रचार प्रसार गर्न जिल्ला तहमा संयोजक र उप संयोजक तोकिएको कांगे्रसले जनाएको छ । प्रदेश नम्बर २ को स्थानीय चुनावका लागि रणनीति बनाउन कांगे्रसले हिजै प्रदेश नम्वर २ का आठ वटै जिल्लाका जिल्ला सभापतिहरुसँग छलफल समेत गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्