प्रधानमन्त्रीको हावाबाट बिजुली बाल्ने योजना



 

दाङ । दाङको दुई स्थानबाट हावाबाट बिजुली निकालिने भएको छ ।  कोईलाबास र बंगलाचुली गाउँपालिकाका वडा न २ को पुरुङछेराबाट बिद्युत निकालिने भएको छ । त्यसका लागि विश्व बैंकले कामलाई तीब्रता दिएको छ । ती दुई स्थानमा स्याटलाईटबाट हेर्दा हावाबाट बिजुली निकाल्न सकिने सम्भावना भएकाले काम अगाडी बढाएको ईञ्जिनियर गौरव दुलालले जानकारी दिए । उनका अनुसार ती दुबै स्थानमा टावर निर्माण गर्नुका साथै पंखा पनि जडान गरिएको छ ।

८० मिटर अग्लो टावर र त्यसमा जडान गरिएका पंखाले दुई बर्षसम्म हावाको गति मापण गर्ने र बिजुली निकाल्न सक्ने क्षमताको हावा लाग्ने भएपनि उत्पादन शुरु गर्ने उनको भनाई छ । हावाबाट बिजुली निकाल्नका लागि हावाको गति कम्तिमा ६ मिटर प्रतिसेकेन्ड हुनुपर्ने भन्दै अहिले हावाको गति मापण गर्ने काम भईरहेको उनको भनाई छ । यी सबै मापन भईसकेपछि मात्रै बिजुली उत्पादन शुरु हुने उनको भनाई छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्