आज साउन १५ गते, खीर खाने दिन



सैघाली खबर
दाङ साउन ,१५

आज साउन १५, खीर खाएर मनाइदैछ । असार १५ मा दही चिउरा खाँदै रोपाई गरेकाहरुले हिजोआज अलि फुर्सद भएको भनेर आज साउन १५ मा खीर खाने चलन छ ।

वर्खायामको झरीमा भिजेको शरीरलाई निरोगी बनाउन तथा उर्जामय राख्न खीर खाने गरिएको ज्योतिषहरु बताउँछन् । तर चिकित्सकहरुले भने धेरै मसला राखेर खीर पकाउन नहुने सुझाव दिएका छन् । स्वास्थ्यका दृष्टिकोणले मरिच, सुकेको नरिवल, दालचिनी, आदि राखेर बनाइएको खीर यो मौसमका लागि उपयुक्त हुने उनीहरुको भनाइ छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्