१८ बर्षकै उमेरमा दुबै मृगौला ड्यामेज भएपछि प्रकाशको परिवार पिडामा



यस धर्तीमा जन्म लिईसकेपछि धेरै बर्ष बाँचेर संसार हेर्न सपना सबैको हुन्छ । जव उमेर बढ्दै जान्छ, तव बिभिन्न ठाँउहरुमा घुम्न मन लाग्छ । साथिहरुसंग मिलेर रमाईलो गर्न मन लाग्छ । केहि राम्रो काम गरेर समाजमा स्थापित हुन मन पनि लाग्छ । तर विबशता सबै–सबैलाई यो मौका कहाँ मिल्छ र ?

अर्घाखाची घर भएका १८ बर्षिय प्रकाश बि.क का पनि सयौ सपना छन् । जिन्दगिमा बाचेर बाबुआमालाई सुखि अनि खुशी बनाउने रहर पनि छ उनको । तर विडम्बना १८ बर्षकै उमेरमा उनको दुबै मृगौलाले काम गर्न छाडेको छ । अझ भन्नु पर्दा उनको दुबै मृगौला ड्यामेज भएको छ । लामो समयसम्म बुटवलमा उपचार गर्दा पनि सम्भव नभएपछि चिकित्कहरुले प्रकाशलाई भक्तपुर रेफर गर्यो । गत जेठको पहिलो हप्तादेखि प्रकाश सहित उनका परिवार अहिले उपचारकोलागि भक्तपुरमा छन् ।

८/१० लाख खर्च गरिसक्दा पनि प्रकाशको स्वास्थ्यमा कुनै सुधार नआएको बुबा किसन बि.क बताउछन् । घर सम्पती बेचेर भएपनि छोरालाई बचाउछु भन्दै दिन रात छोराको हेरचाहमा खटिएका बाबु यतिबेला सहयोगको अपेक्षामा पनि छन् । आफुहरु आर्थिक रुपमा पनि त्यति बलियो नभएको भन्दै उनले छोराको ज्यान बचाईदिन सम्पुर्णसंग आग्रह गरेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्