मंसिर १ गतेदेखि नेपालगन्जमा हर्न निषेध



 

मंसिर १ गतेदेखि नेपालगन्जमा हर्न निषेधित गरिने भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले उपमहानगरपालिकाभित्र हर्न निषेधित गर्न अभियान पनि थालेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके प्रहरी निरीक्षक हिरेन्द्र रोकायाका अनुसार नेपालगन्जमा पूर्णरुपमा हर्न निषेधित गर्न मंसिर महिनाभरी सरोकारवाला संघ÷संस्थाहरुसँगको समन्वयमा जनचेतनामुलक कार्यक्रमहरु संचालन गरिने भएको छ ।
जसअन्तरगत नेपालगन्ज प्रवेश गर्ने नाकाहरुमा होर्डिङ्ग बोर्ड लगाईने, यातायात समिति, व्यवसायी लगायत सरकारी निकाय सबैसँग छलफल गरिने र नगरलाई हर्न निषेधित गर्न अन्य कार्यक्रमहरु पनि संचालन गरिने प्रहरी निरीक्षक रोकायाले जानकारी दिए । बढदो सवारीसाधनको चापका कारण नगर क्षेत्रमा अत्यधिक ध्वनि प्रदुषण भएपछि नगरमा हर्न निषेधित गर्न लागिएको रोकायाको भनाई छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्