‘साँइली’ उफ् मेनुकाको ‘साँइला’ खोई त ?



चलचित्र ‘साँइली’को फस्टलुक र रिलिज मिति सार्वजनिक गरिएको छ । यो चलचित्र चैत्रको १५ गतेबाट रिलिज हुने भएको छ । चलचित्र ‘साँइली’लाई रामबाबु गुरुङको लेखन तथा निर्देशनमा तयार गरिएको छ ।

‘सुन साँइली’ बोलको गीत हिट भएपछि त्यसैको नाम सापटी लिएर यो चलचित्र तयार पारिएको हो । चलचित्रको फस्टलुकमा नायिका मेनुका प्रधानलाई मात्र देखाइएको छ ।

चलचित्रलाई गायक हेमन्त राना र नायक गौरव पहारीले मिलेर बनाएका हुन् । जीएच इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो चलचित्रमा गौरव पहारी, मेनुका प्रधान, दयाहाङ राई, कृपा सिंह लगायतका कलाकारको मुख्य भूमिका छ ।

चलचित्रमा विशाल गुरुङ र मोहन राना मगरको लगानी छ ।चलचित्रमा कालिप्रसाद बाँस्कोटा, सुशान्त गौतम संगीत, शैलेन्द्र डी कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्