पत्रकार गुप्ताको स्वास्थ्य स्थिति नाजुक, मुटुको समस्याले हिरासतमा अप्ठेरो



सैघालि खबर केन्द्रिय ब्यरो टिम

बिगत ५ दिनदेखी हिरासतमा रहेका पत्रकार सन्तोष कुमार गुप्ताको स्वास्थ्यमा समस्या देखिएको छ ।
६६ लाख हिनामिनामा मतियारको आरोप लागेका गुप्ता अहिले जिल्ला प्रहरी कार्यालय दाङको हिरास कक्षमा अनुसन्धानको क्रममा रहेका छन् ।

बिगत लामो समय देखि मुटु दुख्ने समस्या बाट पिडित गुप्ता लाई हिरासतको बताबतावरण र खानपानमा समस्या देखिएको गुप्ताले जानकारी दिएका छन् ।

बिगत लामो समय देखि मुटुको समस्या बाट पिडित भाई लाई हिजो बाट समस्या देखिएको गुप्ताका दाजु एवं पत्रकार ओम प्रकास गुप्ताले जानकारी दिएका छन् ।


गुप्ताले बुटबल मुटु क्लिनक र शहिद गंगालाल हृदयरोग निबारण केन्द्रमा उपचार गराई रहेका छन् ।

भालुबाङ हिरासतमा राखिएका गुप्ता लाई हिंजो जिल्ला अदालत घोराही ल्याएका बेला जिप्रका घोराही मा राखिएको हो ।

गुप्ताले इलाका प्रहरी कार्यालय भालुबाङकै हिरासतमा स्थानान्तरण गर्न माग गरेका छन् ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्