असई शाह र प्रहरी जवान बुढाथोकी निलम्वित



५ नंं प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङले प्रहरी साहयक निरीक्षक सहित दुई जना प्रहरीलाई निलम्वन गरेको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरमा कार्यरत थुनुवा कमाण्डर प्रहरी साहयक निरीक्षक सुनिल शाह र प्रहरी जवान शेरबहादुर बुढाथोकीलाई कात्तिक २९ गतेदेखि लागुहुने गरि निलम्वित गरिएको ईप्रका तुलसपुरका प्रमुख प्रेबहादुर शाहीले जानकारी दिएका छन ।

कात्तिक २५ गते कुटपिट मुद्दामा पक्राउ परेका तुलसीपुर उपमहानगरपालिका वडा नं। ५ रानीजरुवा निवासी १९ बर्षीय विष्णु बुढाथोकी घोराही बाट म्याद थपेर ल्याउँदै गर्दा ईप्रका नजिकै प्रहरीकै बीचवाट बसको झ्याल बाट हाम फालेर भागेका थिए ।

प्रहरी सहायक निरिक्षक शाहलाई ५ नं। प्रदेश प्रहरी कार्यालयले र प्रहरी जवान बुढाथोकीलाई जिल्ला प्रहरी कार्यालय दाङले निलम्वित गरेको डिएसपी शाहीले बताए ।

थुनुवा भगाउन भूमिका खेलेको आशंका गरिएका प्रहरी जवान बुढाथोकीलाई प्रहरीले थुनेर राखेको छ भने अनुसन्धानको लागि भन्दै ५ दिनको म्याद समेत थपि सकेको छ । उनीहरु थुनामा रहँदा सम्म र अनुसन्धान पुरा नहुँदा सम्म सामान्य नागरिकको जस्तै व्यवहार हुने प्रहरीले जानकारी दिएको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्