१५ हजार मेगावाट बिजुली उत्पादन हुन्छ



संखुवासभा – संघीय सरकारका ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले १० वर्षमा १५ हजार मेगावाट  विद्युत्त उत्पादन हुने बताउनुभएको छ । शुक्रबार संखुवासभाको तुम्लिङ्गटारमा आयोजित सभालाई सम्बोधन गर्दै मन्त्री पुनले    तीन वर्षमा तीन हजार मेगावाट, पाँच वर्षमा पाँच हजार मेगावाट र १० वर्षमा १५ हजार मेगावाट विद्युत्त नेपालकै खोलानालाबाट उत्पादन हुने दावी गर्नुभएको छ । उत्पादन भएको १५ हजार मेगावाट विद्युत्तमध्ये १० हजार मेगावाट विद्युत्त देशभित्रै खपत गर्ने वातावरण तयार गर्ने पनि उहाँले बताउनुभयो ।

 त्यसपछि दुई अंकले आर्थिक वृद्धि हुने मन्त्री पुनको दावी थियो । मन्त्री पुनले भन्नुभयो, ‘अब देशभित्रै ८ देखि १० हजार मेगावाट विद्युत्त खपत गर्ने वातावरण बनाउन लागि पर्ने र बाँकी रहेको ५ हजार मेगावाट विद्युत्त क्षेत्रीय बजार भारततर्फ निर्यात गरिनेछ ।’नेपालको बजार र कलकारखानाबाट बढी भएको पाँच हजार विद्युत्त छिमेकी देश भारत मात्रै नभएर उत्तरी छिमेकी राष्ट्र चीन र बंगलादेशमासमेत निर्यात गर्न सकिने मन्त्री पुनले बताउनुभयो । विद्युत्तमा आत्मर्निभर भएपछि विद्युत्तको सञ्जाल अथवा नेपाललाई विद्युत्तको हब नै बनाउन सकिने समेत मन्त्री पुनले दावी गर्नुभयो ।

नेपाल सरकारले १९ वटा जलविद्युत्त आयोजनाहरुको अध्ययन गरिरहेको जानकारी दिँदै सरकार आफैले उत्पादन गर्ने योजना बनाएको समेत मन्त्री पुनले जानकारी दिनुभयो । १९ वटा जलविद्युत्त आयोजनामध्येको संखुवासभाको अपर अरुण नेपाल सरकार आफैले बनाउने निर्णय गरिसकेको र यसमा विश्व बैङ्कले लगानी गर्ने सहमति भएको समेत कार्यक्रममा जानकारी दिनुभयो । कार्यक्रममा ऊर्जा सचिव दिनेश घिमिरेले आयोजना निर्माणका लागि प्रक्रिया सुरु भइसकेको जानकारी गराउनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्