फेसबुकले दियो यस्तो सुविधा –अरुलाई पठाएको म्यासेज पनि डिलिट गर्न सकिने



एजेन्सी । कुनै बेला भूलबस कुनै व्यक्तिलाई पठाउन खोजेको सन्देश अर्कैको इनबक्समा सेन्ड हुन्छ । यो समस्याबाट फेसबुकका प्रयोगकर्ताहरु निकै ठूलो समस्यामा थिए । तर अब फेसबुकले ल्याएको नयाँ सुविधाले यो समस्याको हल गरेको छ । यसअघि प्राप्त मेसेज डिलिट गर्न सकिएपनि पठाइ सकेको मेसेज आफ्नो इनबक्समा मात्रै डिलिट हुने गर्दथ्यो । अब भने अरुकोमा डेलिभरी भएको सन्देश पनि मेटन सकिने भएको छ । यसबाट फेसबुकमार्फत हुने अपराधमा समेत कमी हुने विश्वास लिइएको छ ।

कतिपय अवस्थामा पुराना मेसेज देखाएर महिला या पुरुषलाई ब्ल्याकमेल गर्ने समस्याबाट पनि यसले मुक्ति दिने छ । अब आफूले कुनै अरुलाई पठाएको मेसेज उसको इनबक्सबाट समेत मेटन सकिने छ । फेसबुकले पठाइएको मेसेज डिलिट गर्नका लागि १० मिनेटको समयसीमा तय गरेको छ । यसको अर्थ के हो भने यदि युजरले कसैलाई भूलवस सन्देश पठाएको छ भने यो सन्देश डिलिट गर्नका लागि तपाईलाई दश मिनेटको समय दिइएको हुनेछ । अनसेण्ड फिचरका माध्यमबाट प्रयोगकर्ताले च्याटसँगै पठाएका फोटो र भिडियो पनि डिलिट गर्न सक्नेछन् ।

फेसबुकले अनसेण्ड गरेको मेसेजको कपी केही समयका लागि आफूसँग राख्नेछ । कतै यी मेसेज कसैलाई दुव्र्यवहार गर्न त होइनन भनेर चेक गर्न फेसबुकले केही समय यी मेसेज आफूसँग राख्ने भएको हो । दुखको कुरा चाहिँ के छ भने यो सुविधा हालका लागि भने नेपालका लागि खुला गरिएको छैन । अहिले बोलिभिया, पोल्याण्ड, कोलम्बिया र लिथुआनिया जस्ता देशमा यो फिचर दिइएको छ ।तर छिट्टै यो फिचर नेपाललगायत विश्वभरी प्रदान गरिने विश्वास भने गर्न सकिन्छ । यो फिचरलाई प्रयोग गर्न प्रयोगकर्तालाई आफूले पठाएको मेसेजमा ट्याप गरेर त्यसलाई केही समय होल्ड राख्नुपर्ने हुन्छ । त्यसपछि सबैका लागि हटाउनुस् भन्ने अप्समा क्लिक गरेर त्यो मेसेज हटाउन सकिन्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्