दुर्घटना

जिप दुर्घटनामापरी दुईजनाको मृत्यु, १५ घाइते

By थाहा अनलाइन

November 17, 2018

जिल्लाको भागेश्वर गाउँपालिलकामा भएको जिप दुर्घटनामा दुईजनाको मृत्यु भएको छ। शनिबार बिहान करिब ११ बजे म १ ज १८० नम्बरको जिप भागेश्वर गाउँपालिलका वडा ४ स्थित कुर्ङाइलमा सडकबाट खोलामा खस्दा दुईजनाको मृत्यु भएको प्रहरी निरीक्षक खगेन्द्र साउदले जानकारी दिए।

दुर्घटनामा ज्यान गुमाउनेहरूमा जिप धनी दीपेन्द्र शाही र जिपमा सवार २५ वर्षीय धर्म मडै छन्। मडै भागेश्वरकै रुपालका बासिन्दा हुन्।

दुर्घटनामा १७ जना घाइते भएको प्रहरीले जनाएको छ। घाइतेहरूलाईघ उपचारका लागि उपक्षेत्रीय अस्पताल ढडेलधुरामा ल्याइएको छ।

उक्त जिप भागेश्वरबाट सदरमुकाम आउँदै थियो। दुर्घटनास्थल सदरमुकाम डढेलधुराबाट करिब १२ किलोमिटर टाढा पर्छ।