हिंसाका घटनामा सरकार रमिते



पहलमान घर्ती

रोल्पा । पाँच नम्वर प्रदेश अन्तरगत काँग्रेसका १० जिल्ला सभापतिहरुले देशमा हत्या हिंसा बढी रहदा पनि सरकार रमिते भई हेरीरहेको आरोप लगाएका छन् ।

जिल्ला सभापतिहरुले प्युठानको स्वर्गद्वारीमा भएको भेलामा यस्तो धारणा व्यक्त गरेका हुन । सरकार गठन भएको ९ महिनाको अवधिमा जनताका अत्यावश्यक वस्तु, दैनिक उपभोग्य समाग्रीमा महंगी बढाएको धारणा व्यक्त गरेका थिए ।

देशमा बलात्कारका हत्या हिंसा जस्ता घटना बढी रहँदा पनि सरकार रमिते बनेको दावी गरेका छन् । सरकार ले देशमा शान्ति अमनचयन गर्नुको साटो उल्टै सरकारले नै दोषीलाई संरक्षण दिइरहेको आरोप समेत लगायका हुन ।

भेलाले पाँच नम्वर प्रदेशको स्थायी राजधानी र नाम छिटै टुंगाउन प्रदेश सरकार समक्ष आग्रह गरेको छ । स्थानीय तहले विभिन्न बाहानामा सर्वसाधारण जनता माथि चर्को कर असुली गरिरहेको समेत बताएका छन् ।

सभापतिहरुको भेलाले तत्काल जनविरोधी कामलाई रोकी शान्ति, सु–व्यवस्था कायम गर्न सरकार समक्ष माग गरेको छ । दुई तिहाई सरकारले जनताको आशा र अपेक्षा माथि तुसारापात गरेको ठहर उनीहरुको छ ।

साथै पार्टीलाई माथि ल्याउनको लागि गाउँ-गाउँमा संगठन बिस्तार गर्नतर्फ सबै प्रदेशमा लाग्नु पर्ने रोल्पाका जिल्ला सभापति तथा पुर्व सिंचाइ राज्य मन्त्री एवं विधान मस्यौदा उपसमितिका सदस्य अमरसिंह पुनमगरले बताए ।

पार्टीलाई सवल बनाउनको लागि सबै प्रदेशमा लाग्नु पर्छ उनले भने । भेलाले अस्वस्थ अवस्थामा रहेका रुपन्देहीका पार्टी सभापति एवं पुर्व राज्य मन्त्री अवदुल रजाक गडीगको स्वास्थ्य लाभको कामना समेत गरेको छ ।

स्वर्गद्वारीको बिकासमा समेत अग्रसर हुने भेलाले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्