७ हजार नेपाली सेनाको शैक्षिक प्रमाणपत्र छानबिन सुरु



काठमाडौँ । नेपाली सेनाको सबै सैनिक अधिकृतको शैक्षिक प्रमाणपत्र छानबिन सुरु भएको छ ।

आजको कारोबार  दैनिकमा याे खबर छ – सरकारले मान्यता नदिएका संस्था तथा नक्कली प्रमाणपत्र पेश गरेर सेवा प्रवेश गरेको आशंकामा सैनिक मुख्यालयले अधिकृत तहका कर्मचारीको शैक्षिक योग्यता पुनः प्रमाणीकरण गर्न लागेको हो ।

सेवा प्रवेश तथ बढुवाका क्रममा अधिकृतहरुले पेश गरेका सबै शैक्षिक प्रमाणपत्रमाथि छानबिन गर्न प्रधानसेनापति पूर्णचन्द्र थापाले निर्देशन दिएका हुन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्