सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका–८ का वडाध्यक्ष धनबहादुर श्रेष्ठ मृत फेला परेका छन् ।
शनिबार बिहान ३ बजे घरबाट निस्किएका वडाध्यक्ष श्रेष्ठ दिउँसो मृत फेला परेका हुन् ।
प्रहरीका अनुसार, श्रेष्ठको शव इन्द्रावती नदीमा डुबेको अवस्थामा फेला परेको छ । उनी आफैं नदीमा डुबेका हुन् या हत्या भएको भन्ने खुलेको छैन । घटनाबारे प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।