सर्वोच्चमा आज पनि बहस हुँदै,भरतपुर मतगणना विवाद



सैघाली खबर
काठमाडौं,१५ साउन –। चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १९ मा फेरि मतदान गर्ने कि नगर्ने भन्नेबारेमा आइतबार पनि सर्वोच्च अदालतमा बहस हुँदैछ ।
न्यायाधीशहरु ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको इजलासमा शुक्रबार बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको यो विषयमा आइतबार बहस हुने सर्वोच्च अदालतले जनाएको छ ।

रिट दायर गर्ने पक्षको बहस सकेर प्रतिवादीलाई फेरि जवाफी बहस गर्ने समय दिनुपर्ने भएकाले आइतबार नै फैसला आउने सम्भावना भने कम छ । रिट दायर भएको दुई महिना पुग्न लाग्दा समेत फैसला नहुँदा महत्वपूर्ण विषयलाई सर्वोच्चले प्राथमिकता नदिएको र अन्यौल बढ्न सघाएको आरोप लाग्न थालेको छ ।

मतगणना भइरहेका बेला माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातिएपछि निर्वाचन आयोगले फेरि मतदान गर्ने निर्णय गरेपनि यसबारेमा सर्वोच्चमा रिट परेपछि मतदान गर्ने कि नगर्ने भन्ने अझै टुंगो लाग्न सक्दा अन्योल बढेको हो ।

यसैबिच आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक तथा कर फर्छ्यौट आयोगका सदस्य सचिव चुडामणी शर्माको मुद्दाको सुनुवाई पनि आइतबार नै हुँदैछ । शुक्रबार बहस नसकिएपछि यो मुद्दालाई पनि हेर्दाहेर्र्दैमा राखिएको छ

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्