स्वस्थ्य यौन जीवनको लागि ध्यान राख्‍नु पर्ने कुरा



यौन सम्बन्ध पछि प्रायः मानिसहरुलाई अल्छि र निद्रा धेरै लाग्ने गर्दछ, स्वस्थ यौन जीवनको महत्वपूर्ण आवश्यकता मध्ये एक हो यौनाङ्गको सरसफाईमा ध्यान दिनु । प्रायः मानिसहरु असुरक्षित यौन सम्पर्कको शिकार भै रहेका हुन्छन । असुरक्षित यौन सम्पर्कले पिसाव नलीमा संक्रमण, पिसाव पोल्ने र छाला सम्बन्धी रोगहरु लाग्ने गर्दछन ।

यस्ता खालका समस्याहरुलाई रोक्नको लागि यौन सम्पर्क गरिसकेपछि आफ्नो यौन स्वास्थ्यको ख्याल राख्नु पर्छ किनकी यौन सम्पर्क गरेपछि इन्फेक्सन हुने धेरै सम्भावना हुन्छ। व्याक्टेरिया र जिवाणुको संक्रमण रोक्नको लागि यौन सम्पर्क पछि सरसफाईको ध्यान राख्नु आवश्यक छ ।

सेक्स पछि पिसाव

डक्टरहरुका अनुसार स्वस्थ यौन जीवनको लागि सेक्स पछि तुरुन्तै पिसाव गर्नु धेरै राम्रो हुन्छ । यसले यौन सम्बन्धको कारण पिसाव नलीको वरिपरि आउने कुनै पनि ब्याक्टेरियाबाट हुन सक्ने जोखिमबाट बचाउछ ।

सरसफाई

सुखद यौन गतिविधि पछि मुलायम कपडा, टावेल, टिस्यु पेपर अथवा ट्वाइलेट पेपरले यौनाङ्गको सरसफाई गर्नु आवश्यक छ । यसो गर्नाले यौन सम्बन्धी कुनै संक्रमण हुन पाउदैन ।

भित्री बस्त्रको सरफाई

सफा भित्री बस्त्र लगाउनु स्वास्थ्यको लागि धेरै जरुरी छ । लामो समय सम्म नफेरी एउटै भित्री बस्त्र लगाई रहदा फोहरी भई ब्याक्टेरीया उत्पन्न भई यौनाङ्गमा संक्रमण हुन सक्छ त्यसैले भित्री बस्त्रको सरसफाईमा ध्यान दिने हो भने सेक्स पार्टनर र आफूलाई सम्भावित संक्रमण हुन बाट बचाउँछ ।

मेडिकल वाइप्सको प्रयोग

महत्वपूर्ण कुरा के छ भने मानिसको हात, अनुहार र यौन अंगको छाला धेरै संवेदनशिल हुन्छ । स्त्रीरोग विशेषज्ञका अनुसार यौन सम्पर्क पछि यौनाङ्गको सफाइ गर्न सम्भव भए सम्म मेडिकल वाइप्स प्रयोग गर्नु धेरै राम्रो हुन्छ । जथाभावी कपडाहरुको प्रयोग गर्दा छालालाई असर गरी थप समस्या उत्पन्न हुन सक्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्