१४ जिल्लाको ‘जिल्ला समन्वय परिषद्’मा एमालेले क–कसलाई बनायो उम्मेदवार ?



सैघाली खबर,
काठमाण्डौ,१५ साउन।

एमालेले स्थानीय तहको निर्वाचनअन्तर्गत १४ जिल्लाको ुजिल्ला समन्वय परिषद्ु का लागि प्रमुख र उपप्रमुखको उम्मेदवारी टुंगो लगाएको छ ।

एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा शनिबार बसेको एमाले स्थायी कमिटी बैठकले पार्टी जिल्ला कमिटीको सिफारिस तथा प्रदेश संगठन कमिटीको सिफारिस र रायसुझावको आधारमा जिल्ला समन्वय परिषद्का प्रमुख तथा उपप्रमुखको उम्मेदवारी टुंगो लगाएको प्रचारविभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।

उनका अनुसार रामेछापको प्रमुख प्रेमबहादुर खड्का, उपप्रमुख दीपा पाख्रिन, रसुवाको प्रमुख कुलप्रसाद भट्ट, उपप्रमुख छोपेमा तामाङ्नी, मकवानपुरको प्रमुख रघुनाथ खुलाल, उपप्रमुख भगवती पुडासैनी, भक्तपुरको प्रमुख नवराज गेलाल, उपप्रमुख सरिता कुँवर, डोल्पाको प्रमुख शेरबहादुर बुढा, सल्यानको उपप्रमुख कुलबहादुर गिरी, कालिकोटको प्रमुख पे्रमबहादुर शाही, उपप्रमुख सरिता आचार्य, जाजरकोटको प्रमुख गोरे कार्की, उपप्रमुख कमलादेवी शाही, हुम्लाको उपप्रमुख खगेन्द्र कार्की, सुर्खेतको प्रमुख टोपबहादुर राजकोटी, उपप्रमुख दीपा मल्ल, मुगुको प्रमुख पुर्णबहादुर रोकाय, उपप्रमुख कर्णशिला मल्ल, खोटाङको प्रमुख बबी चाम्लिङ, उपप्रमुख गोमा खत्री, इलामको प्रमुख गणेश बराल, उपप्रमुख चित्रकला बराइली र बझाङको प्रमुख खड्गबहादुर खड्का, उपप्रमुख भागिरथी अवस्थी जोशीको नाम टुंगो लगाइएको छ ।

यस्तै काभ्रे जिल्लाको निम्ति सिफारिस भएका नामहरूमध्ये जिल्ला नेतृत्वसँग आवश्यक छलफल गरी उम्मेदवारको टुंगो लगाउने जिम्मा प्रदेश नं। ३ का संयोजक अष्टलक्ष्मी शाक्यलाई दिइएको छ ।

यसतै कतिपय जिल्लाहरूमा विभिन्न पार्टीसँग तालमेल गर्नुपर्ने अवस्थामा उम्मेदवार हेरफेर गर्नुपरेमा प्रदेश संगठन कमिटीको नेतृत्वस“ग राय परामर्श गरी पार्टी केन्द्रसँग पूर्व स्वीकृति लिई सम्बन्धित जिल्ला कमिटीले गर्न सक्ने निर्णय एमालेले गरेको छ ।

थप जिल्लाको उम्मेदवारी टुंगो लगाउन तथा राष्ट्रिय राजनीति र समसामयिक विषयमा छलफल गर्न पार्टी स्थायी कमिटीको बैठक भोलि बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बोलाइएको भट्टराईले बताए ।

यसैबीच बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले हालै भएको चीनको तिब्बत र मानसरोबर भ्रमणका क्रममा चीनिया“ कम्युनिस्ट पार्टी तथा चिनियाँ सरकारका प्रतिनिधिहरूस“गको भेटघाटका क्रममा भएका विषयवस्तुहरूको बारेमा बैठकलाई जानकारी गराएका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्