जिप दुर्घटनामा एक वर्षिय बालकको मुत्यु, चालक सहित ७ घाईते



पाल्पामा जिप दुर्घटना हुदा एक जनाको ज्यान गएको छ भने चालक सहित ७ जना घाईते भएका छन् । जिल्लाको तम्घास तानसेन सडक खण्ड अन्र्तगत रिब्दिकोट गाउँपालिका– ३, सिरुखर्कमा सोमवार बिहान ५ वजेतिर जिप दुर्घटना हुँदा बाग्लुङ जिल्ला बरेङ्ग गाउँपालिका– ३ का १ वर्षिय बालक अंकित परियारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

बाग्लुङको बरेङ्गबाट बुटवलतर्फ जाँदै गरेको लु २ च ५०३५ नम्बरको जिप अनियन्त्रित भई दर्घुटना भएको थियो । दुर्घटनामा परि गम्भिर घाईते भएका बालक अंकितको उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमा नै निधन भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि बाग्लुङ जिल्ला बरेङ्ग गाउँपालिका– ३ बस्ने जिप चालक ५१ वर्षिय मुक्त बहादुर खत्री , सोहि ठाउँका २० वर्षिय कमल परियार, ५० वर्षिया सरस्वति परियार, ४३ वर्षिय यम बहादुर नेपाली,२४ वर्षिया विष्णु सुनार, ६३ वर्षिय तुल बहादुर परियार, र २१ वर्षिया कमला परियार घाईते भएका छन् ।घाईते भएकाहरु मध्ये तिन जनाको अवस्था गम्भिर रहेको छ । उनीहरुको अहिले मिसन अस्पताल पाल्पामा उपचार भइरहेको छ । घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्