बसको ठक्करबाट साइकलमा सवार बालिकाको मृत्यु



बर्दीया – पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत बर्दियाको भुरिगाउँ नजिक बसको ठक्करबाट साइकलमा सवार एक बालिकाको घटनास्थलमै ज्यान गएको छ ।

कालिकोटबाट टिकापुरका लागि छुटेको ना ४ ख ५३७५ नम्बरको बसको ठक्करबाट बर्दिया ठाकुरबाबा नगरपालिका ६ बकुवा की १४ वर्षिया बालिका निर्मला चौधरीको ज्यान गएको इलाका प्रहरी कार्यालय भरिगाउँले जनाएको छ ।

बालिका भुरिगाउँको भेरी पव्लिक शिक्षालयमा कक्षा ९ मा अध्ययनरत थिइन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्