दुर्घटना न्यूनिकरण गर्न मेकानिकलाई तालिम



दिपक बोहरा।

दुर्घटना न्यूनिकरणका लागि दाङको तुलसीपुरमा अटोमेकानिकलाई एक दिने गाडि निर्माण तालिम दिईएको छ । सोमबार तुलसीपुर क्षेत्रका ५० जना अटोमेकानिकलाई तालिम दिईएको हो । सिप्रदि सहायता संस्थाको आयोजना तथा सिप्रदि अटोपार्टस्, सिप्रदि ट्रेडिङ्को समन्वयनमा एक दिने सैद्धान्तिक तथा प्राबिधिक तालिम दिईएको हो ।

काठमाडौंबाट प्रशिक्षक ल्याएर तालिम दिईएको हो । यो सम्बन्धि तालिमका लागि अटोमेकानिकहरुलाई काठमाडौं जानु पर्ने बाध्यता थियो । तर दाङमै यो तालिम दिएपछि अटोमेकानिकहरु पनि खुसी भएका छन् ।

दुर्घटना न्यूनिकरण गर्न, मेकानिकको क्षमता अभिबृद्धि तथा प्रदुषण रोक्न तालिमको आयोजना गरिएको क्षेत्रीय प्रबन्धक डम्मर चन्दले जानकारी दिए । सामाजिक काममा पनि निरन्तरता दिदै आएको उक्त संस्थाले पछिल्लो समय बढ्दै गईरहेको दुर्घटनालाई न्यूनिकरण गर्न तालिम प्रदान गरेको प्रबन्धक चन्दको भनाई । यसैबीच तालिमको एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ । अटोमेकानिक महासंघ केन्द्रीय अध्यक्ष यम प्रसाद भुषालको अध्यक्षतामा कार्यक्रम भएको हो । भने सहजीकरण क्षेत्रीय प्रबन्धक डम्मर चन्दले गरेका थिए ।

तालिमको प्रशिक्षकमा पर्सुराम घिमिरे रहेको निर्मल कुमार भुषालले जानकारी दिए । यसैबीच मंगलबार घोराहीमा अटोमेकानिक तालिम हुँदैछ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्