बोक्सीको आरोपमा महिलामाथि कुटपिट गर्ने बाबुछोरा पक्राउ



बोक्सीको आरोपमा महिलालाई कुटपिट गरेको आरोपमा बाबुछोरालाई प्रहरीले पक्राउ गरेको छ ।इलाका प्रहरी कार्यालय बुटवलका अनुसार सैनामैना नगरपालिका १ बस्ने ६५ वर्षीय खेतु मल्लाह र उनका ४५ वर्षीय छोरा प्रकाश मल्लाहलाई पक्राउ गरिएको हो ।

बोक्सी लागेर प्रकाशका छोराछोरीलाई बिरामी बनाएको भन्दै उनीहरुले आफ्नै छिमेकी महिलालाई कुटपिट गरी घाइते बनाएको उजुरी परेपछि पक्राउ गरिएको प्रहरीले बताएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्