अर्धनग्न अवस्थामा रुखमा झुण्डिएको भेटिइन् २१ बर्षीय युवती



काभ्रेको बनेपा आईटीपार्कमा नजिकै अर्धनग्न अवस्थामा एक युवतीको शव भेटिएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार सोमबार बिहान रुखमा झुन्डिएको अवस्थामा युवतीको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी दीपक गिरीले जानकारी दिए ।

डिएसपी गिरिका अनुसार पनौती नगरपालिका वडा न ५ बस्ने २१ वर्षीया सुधा केसी रुखमा अर्धनग्न अवस्थामा रुखमा झुन्डिएको अवस्थामा फेला परेको बताए । गिरीका अनुसार युवतीले घरमा सामान्य विवाद भएसँगै बिहान पाँच बजे घरबाट निक्लेर आत्महत्या गरेको बताए ।

मृतक केसीकी आमालाई उद्धृत गर्दै डिएसपी गिरीले भने ‘आज क्याम्पस नजा भनेकी थिएँ मानिन, घरबाट फुत्त निक्लेकी थिई, खोजी गर्दा झुण्डिएको अवस्थामा फेला पारियो ।’ मृतकले आफूले लाएको पाँच वटा लुगा फुकालेर रुखको फेदमा राखी ब्रा र पेन्टीमात्रै लगाएर झुण्डिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

डिएसपी गिरीका अनुसार घरबाट तीन सय मिटरको दुरीमा रुखमा अर्धनग्न अवस्थामा झुण्डिएको शव फेला परेको । उनका अनुसार मृतको शरीरमा कुनै चोटपटक छैन । आलुबारीमा फुकालेर राखेका लुगामा पनि कुनै चोटको निशाना नभएको डिएसपी गिरीले बताए ।

उनले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए । मृतक युवती काभ्रे क्यामपसमा बिएकी विद्यार्थी हुन् । घटनाको प्रारम्भिक अनुसन्धानबाट युवतीले आत्महत्या गरेको प्रहरीको भनाइ छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्