एमकेको ‘राज्जा रानी २’



गत साल दुई फिल्म बनाएका निर्माता रमेश एमके पौडेलले तीन नयाँ फिल्म निर्माणको घोषणा गरेका छन् । यही फागुनदेखि छायाँकन सुरु गर्नेगरी तीन वटा फिल्मको स्क्रिप्टिङ भैरहेको निर्माता पौडेलले जानकारी दिए ।

तीन मध्ये एउटा फिल्मको चाहिं नाम समेत तय भैसकेको निर्माता पौडेल बताउँछन् । ‘एउटा फिल्मको नाम चाहिं राज्जा रानी २ राखिएको छ’, पौडेल भन्छन्, ‘मैंले लेखेको कथामा संवाद लेख्ने काम भैरहेको छ ।’ ‘राज्जा रानी’का निर्देशक याम थापाले संवाद लेखिरहेपनि उनलाई निर्देशनमा अर्का एक जनाले सघाउने पौडेलको भनाई छ । उनी हाल अमेरिकामा छन् ।

फिल्म निर्माणसँगै निर्माता एमके पौडेलले फिल्मको डिजिटल राइट्स पनि लिन सुरु गर्ने बताए । उनले भने, ‘हामी बोधी एचडी मार्फत नेपाली र हिन्दी फिल्मलाई मोबाईल एपमा ल्याउँदैछौं ।’ यो प्रविधिले नेपाली फिल्मको प्रवद्र्धनमा सघाउ पुर्याउने उनको विश्वास छ । ‘राज्जा रानी’ र ‘रुद्रप्रिया’ सहित उनले झण्डै आधा दर्जन नेपाली फिल्ममा लगानी लगाएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्