दाङ्ग–दिल्ली रुटको बसमा भन्सार छलेर ल्याउने समानसहित पक्राउ



सागर थापा/महेन्द्र सिंह

नेपालगञ्ज : भारतको दिल्लीबाट दाङ्गको घोराही जान आएको यात्रुबाहक बस भन्सार छलेको सामान सहित नेपालगञ्ज भन्सार कार्यालयको नियन्त्रणमा परेको छ । नेपालगञ्ज भन्सार कार्यालयले दिएको जानकारी अनुसार भारतको दिल्लीबाट नेपालगञ्ज हुँदै दाङ्ग जान आएको ना ६ ख ७११६ नंम्बरको राप्ती डिलक्स बसको फल्स बटम बक्समा (लुकाएको डिग्गी ) बाट भन्सार छलेर ल्याईएको मोटर पार्टर र लुब्रीकेन्ट (मोविल) बरामद भएको हो ।

बस आईतबार दिउसो भन्सारले नियन्त्रणमा लिएको हो । सो बक्सबाट बरमद सामान करिव ५० हजार बराबरको रहेको सो सामानसहित सामानका धनी धनेश्वर रेग्मी र बसका चालक भरत विष्टलाई नेपालगञ्ज भन्सार कार्यालयले नियन्त्रणमा लिई जनही ५०–५० हजार धरौटीमा छाडेको छ । बस र बररामद सामान नेपालगञ्ज भन्सार कार्यालयको नियन्त्रणमा रहेको छ । फल्स बटम बक्समा भन्सार छलेर लैजान लागेको सामान भन्सारकै कर्मचारीले चेक जाँचको क्रममा फेला पारेको सशस्त्र प्रहरी भन्सार सुरक्षा गुल्मका गुल्मपति तथा सशस्त्र प्रहरी नायब उपरीक्षक निरान्कर नाथ सुक्लाले बताएका छन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्