बाइक दुर्घटनामा परि अभिनेता विपिन घाईते



अभिनेता विपिन कार्की दुर्घटनामा परेका छन् ।  केही दिनअघिदेखि सुरु भएको सिनेमा ‘जात्रै जात्रा’को छायाकंनमा व्यस्त रहेका विपिन मंगलबार बिहान यही सिनेमाको छायाकंनका लागि बालाजु जाँदै गर्दा कालीमाटीमा दुर्घटनामा परेका हुन् ।

बाइकमा गइरहेको समयमा पछाडिबाट अर्को बाइकले ठक्कर दिएपछि यो दुर्घटना भएको हो । दुर्घटनामा परेका विपिनको दाहिने खुट्टा फ्रयाक्चर भएको छ । अहिले उनको बल्खुस्थित बयोधा हस्पिटलमा भर्ना गरेर उपचार भइरहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्