‘दि कर्मा’ को रिलिज डेट यस्तो



यसअघि मंसिर ७ गते रिलिज हुने भनिएको नेपाली चलचित्र ‘दि कर्मा’ माघ ४ गतेलाई सरेको छ । चलचित्रका निर्माता जयराज रायका अनुसार विशेष कारणवश यो चलचित्रलाई माघमा सारिएको हो । चलचित्रलाई देवकुमार श्रेष्ठले निर्देशन गरेका हुन् । नेपाल र भारतको सीमा क्षेत्रमाहुने घटनामा बनेको फिल्मलाई रामेश्वर कार्कीले छायांकन गरेका छन् ।

जय मिडिया म्यानेजमेन्ट प्रालिको ब्यानरमा बनेको ‘दि कर्मा’को कथा निर्माता राय आफैले लेखेका हुन् । निशा खतिवडा निर्मात्रीको रुपमा रहेको फिल्मको छायांकन नेपालको तराई क्षेत्रमा भएको हो ।

भारतका मोडल तथा कलाकार करण वर्माको अभिनय रहेको यो चलचित्रमा करणका अलावानीता ढुंगाना, परमिता राज्यलक्ष्मी राणा, बुद्धि तामाङ, देवकुमार श्रेष्ठ, अनुप सक्सेना, संगीता नापितलगायतका कलाकारहरुको अभिनय रहेको छ । काठमाडौंमा काफिया फिल्म्स र उपत्यकाबाहिर बैङकेटेश इन्टरटेन्मेन्टले वितरण गर्ने ‘दि कर्मा’को स्क्रिनप्ले र डाइलग सुशील पोखरेलको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्