मेरो सुन्दर संसार लिलाम गर्यौ तिमीले : नरेन्द्र प्यासी (भिडियो)



नरेन्द्र प्यासीको स्वर रहेको ‘मेरो सुन्दर संसार लिलाम गर्यौ तिमीले’ बोलको आधुनिक गीत सार्वजनिक गरिएको छ । यस गीतमा लेखक तथा गीतकार मणिरत्नको शब्द रहेको छ ।

लामो समयदेखि अमेरिकामा बस्दै आएका गायक प्यासीले दशैं तिहार मनाउन नेपाल आएका वेला उक्त गीत सार्वजनिक गरेका हुन् । बिन्दवासिनी म्यूजिक प्रालिको व्यानरमा सार्वजनिक गीतमा संगीतकार प्रभात सुवेदी र राकेश वलीले संयुक्त रुपमा संगीत दिएका छन् । आफूले माया गरेको मान्छेले नै धोका दिएर आफूलाई बदनाम गरेको सन्देश गीतमा समेटिएको छ ।

गीत सुन्दा प्रेममा धोका पाएको प्रेमीको वेदना जस्तो सुनिएपनि आफ्नो गाँउघर समाज र देशै छोडी बिदेशिने र उतैको प्रभावमा परि आफ्नो देशलाई गाली गर्ने नेपालीहरुलाई सम्झिएर गीत लेखेको रचनाकार मणिरत्नले बताए । लामो समयपछि देशप्रेमले ओतप्रोभ गीत गाउन पाउँदा आफूलाई गर्व लागेको गायक प्यासीले बताएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्