११ दिन देखि शव नउठ्दा अस्पतालमा समस्या ।।



शरद रेग्मी

साउन १५ तुलसीपुर।

एघार दिन अघि सडक दुर्घटनामा मृत्यु भएकी जानका चौधरीको शव राप्ती अञ्चल
अस्पतालमा अलपत्र अवस्थामा रहेको छ । साउन ५ गते तुलसीपुर १३ वखरियामा भएको
मोटरसाईकिलको ठक्कर वाट ३८ वर्षिय चौधरीको मृत्यु भएको थियो ।मृतकका परिवारले शव वुझन नमानेपछि चौधरीको शव एघार दिन देखि राप्ती अञ्चल अस्पतालमा रहेको छ ।

परिवारले क्षतिपूर्ति र दोशीलाई कडा भन्दा कडा कारवाहीको माग गरेको
मृतकका श्रीमान तुलसीराम चौधरीले जानकारी दिनु भयो ।उहांका अनुसार घटना

हुंदा आफू विदेशमा रहेको र घटना वारे वुझदा मोटरसाईकिल चालकचालक
तुलसीपुर १३ रनियापुर निवासी विनोद सार्कीले चलाएको रा।१ प ४३३७ नम्बरको
मोटरसाईकिलले ठक्कर दिदा आफ्नी श्रीमति को मृत्यु भएको भन्दै तत्काल घटना
वारे गम्भिर हुन सरोकारवालालाई अनुरोध गर्नु भएको छ ।

उहांले तत्काल दोशीलाई कारवाही नभए सम्म श्रीमतिको शव नवुझ्ने समेत
वताउनु भएको छ ।      यता इलाका प्रहरी कार्यालय तुलसीपुरले घटना सम्वन्धी दुवै
पक्ष विच छलफल र वार्ता भैरहेको जनाएको छ । प्रहरी निरिक्षक प्रकाश चन्द्र
गुप्ताका अनुसार आज आईतवार पनि दुवै पक्षविच छलफल गरिने वताइएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्