भागबन्डा नमिल्दा काँग्रेसको विवाद चुलिदै



काठमाडौँ — कांग्रेसको विधान थप अन्योलमा परेको छ । पदाधिकारी संख्याबारे विवाद लम्बिँदा दुई सातादेखि विधान संशोधन समितिको बैठक नै बस्न सकेको सकेको छैन । कात्तिक २० गते केन्द्रीय कार्यसमिति बैठकले समझदारी जुटाउन समितिलाई जिम्मेवारी दिएको थियो ।संस्थापन पक्षले फेरि पनि महासमिति सार्ने योजनाअनुसार बैठक धकेलिएको आरोप लगाएको छ । यसअघि विधान संशोधनको काम नसकिएको कारण जनाउँदै महासमिति बैठक सारिएको थियो । कांग्रेसले आगामी मंसिर २८ देखि पुस ३ सम्म राजधानीमा महासमिति बैठक तोकेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्